५० वर्षको उमेरमा महिलाले जन्माइन् १४ औँ सन्तान
सोमबार, १८ चैत २०८१, १२ : ४२

नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यको हापुडमा एक महिलाले ५० वर्षको उमेरमा १४ औँ सन्तानलाई जन्म दिएकी छन् ।
हापुडको पिलखुवा थाना क्षेत्र अन्तर्गत बजरंगपुरीमा बस्दै आएका इमामुद्दीनकी पत्नी गुडियाले बिहीबार १४ औँ सन्तानका रूपमा छोरीलाई जन्म दिएकी हुन् ।
प्रसव वेदनापछि उनलाई स्थानीय सरकारी अस्पताल लगिएको थियो । उनको अवस्था गम्भीर रहेको भन्दै त्यहाँबाट जिल्लास्थित सरकारी अस्पतालमा पठाइएको थियो ।
एम्बुलेन्सबाट अस्पताल लैजाँदै गर्दा उनले छोरीलाई जन्म दिएकी हुन् । शुक्रबार अस्पतालबाट उनलाई घर पठाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।
गुडियाको पहिलो सन्तान २२ वर्षका छन् । उनका १४ सन्तानमध्ये तीन वटाको मृत्यु भइसकेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र अजरबैजानका उपविदेशमन्त्रीबिच शिष्टाचार भेटवार्ता
-
७७ जना नयाँ इन्सपेक्टरको पदस्थापन, काे कहाँ ? (सूचीसहित)
-
नेकपा एमालेले बोलायो संसदीय दलको बैठक
-
नीति तथा कार्यक्रम : ११ वटा ऐन तर्जुमाको लक्ष्य
-
आन्दोलन गरेको भन्दै आवासीय चिकित्सकहरुलाई कलेज प्रवेशमा रोक
-
चौथाइवाले ढुक्क भएर फर्किए स्वदेश, मुख्य चासो भारतको सुरक्षा