गणतन्त्र जिन्दावादको नारा लगाउँदै धनकुटामा एमालेको मोटरसाइकल र्याली
सोमबार, १८ चैत २०८१, १९ : ३६
धनकुटा । नेकपा एमाले धनकुटाले आज धनकुटा बजारमा बृहत् मोटरसाइकल र्याली निकालेको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र, यसबाट प्राप्त उपलब्धि र संविधानको रक्षाका लागि एमालेले मोटरसाइकल र्याली प्रदर्शन गरेको जनाएको छ ।
बसपार्कबाट सुरु भएको र्यालीले धनकुटा बजार परिक्रमा गरेको थियो । र्याली बसपार्कबाट डाँडागाउँ, हुलाकटोल, बिचबजार, भीमनारायण चोक, माथ्लो कोप्चे, तल्लो कोप्चे हुँदै मदनचोक आएर सभामा परिणत भएको थियो ।
र्यालीमा सहभागीहरूले ‘गणतन्त्र जिन्दावाद', 'प्रतिगमन मुर्दावाद', 'हत्या हिंसा लुटपाट अन्त्य गर', 'जन्मसिद्ध श्रेष्ठता स्वीकार्य छैन'लगायत नारा लगाउँदै बजार परिक्रमा गरेका थिए । जिल्लाका सातवटै पालिकाबाट भेला भएका एक हजारभन्दा बढी मोटरसाइकलसहित र्यालीले बजार परिक्रमा गरेको एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कट्टेलले जानकारी दिए ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण