सेयर बजारमा १५.५७ अंकको करेक्सन, कारोबार पौने ६ अर्ब
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ छ । साताको तेस्रो दिन मंगलबार बजार परिसूचक १५.५७ अंकले घटेको हो । योसँगै परिसूचक २६७७.५५ अंकमा झरेको छ । आज बजारमा ५ अर्ब ७९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो ।
आज बजारमा २४२ कम्पनीको कारोबार हुँदा २०१ कम्पनीको सेयर मूल्य घटेको छ भन् ४२ वटा कम्पनीको मूल्य मात्रै बढेको छ ।
आज बजारमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्यका सकारात्मक सर्किट ब्रेकर लागेको छ भने गुराँस लघुवित्तको मूल्य सबैभन्दा धेरैले घटेको छ । बजारमा आज सबै समूहका सूचक घटेका छन् । फाइनान्स र होटलको सूचक १ प्रतिशत भन्दा माथिको गिरावट देखिएको छ ।
आज कारोबार रकम, कारोबार शेयर र कारोबार भएको संख्या तीनैका आधारमा आज पनि हिमालयन रिइन्स्योरेन्स कम्पनी अगाडि छ ।
यसअघि अघिल्लो तीनवटा कारोबार दिनमा बजार परिसूचक झण्डै ११० अंकले बढेको थियो । आजको गिरावटलाई त्यसैको करेक्सनको रूपमा हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण