शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

‘चमेलीको पोइ’मा जोडिए मुकुन र सुरक्षा

मङ्गलबार, १९ चैत २०८१, १८ : ५१
मङ्गलबार, १९ चैत २०८१

काठमाडौं । एभरेष्ट सूर्य बोहोराको निर्देशन रहने फिल्म ‘चमेलीको पोइ’को मुख्य भुमिकामा मुकुन भुसाल र सुरक्षा पन्त अनुबन्धित भएका छन् । निर्देशक बोहराले फिल्ममा पन्त र भुसाल भित्रिएको जानकारी दिए । फिल्मका लागि यस अगाडि कलाकार नारायाण त्रिपाठी भित्रिएका थिए ।

नयाँ बर्ष ०८२ को पहिलो दिन शुभमुर्हूतसँगै सुटिङ सुरु  हुने फिल्ममा बिल्सन बिक्रम राई (तक्मे बुढो), रविन्द्र झा, रजनी गुरुङ, अंशु महर्जन, उमेश राई (फुलन्देकी आमा), बबिन राई (गल्फने), खड्गबहादुर पुन (खबपु), अनुश्का नारायण, मिरा गौतम, अनिल गुरुङ, गणेश गौतम, रितु मल्ल ठकुरी, धनलक्ष्मी बोहरा, मिरा आरएल शाही ठकुरी, प्रकाश कँडेल, बिनोद बज्रचार्य, कपिल आचार्य, प्रदीपकुमार सापकोटा, सुनीता सापकोटा, रामनारायण उपाध्याय र निर्देशक बोहराको समेत अभिनय रहनेछ ।

एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहनिर्माणमा धन लक्ष्मी सिने मेकर्सको निर्माण रहने फिल्मका निर्मातामा सुनीता सापकोटा र रामनारायण उपाध्याय, कार्यकारी निर्मातामा उदय बिक्रम राणा र रितु मल्ल ठकुरी रहनेछन् । प्रदिपकुमार सापकोटा, कपिल आचार्य, यमप्रसाद ओली, यम बराल, नारायण त्रिपाठी र सुदिप कुँवर सहनिर्माता रहेको फिल्म निर्देशक बोहरा स्वयम्ले लेखेका हुन । सहलेखनमा उनलाई शिबम अधिकारीले सघाएका छन् ।

पारिवारिक कथानक ‘चमेलीको पोइ’ को गीतमा शम्भुजीत बाँसकोटा, राजनराज शिवाकोटी र आशिष अबिरलको संगीत छ । फिल्मको लोकेशन काठमाडौ, पोखरा र मुस्ताङमा हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप