चलचित्र विकास बोर्डका सदस्य लोहनीलाई परिवर्तन नेपाल सम्मान
काठमाडौँ । चलचित्र विकास बोर्डका नवनियुक्त सदस्य सन्तोष बाबु लोहनीलाई ‘परिवर्तन नेपाल सम्मान’ प्रदान गरिएको छ । कलाकार संघले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा उक्त सम्मान दिइएको हो ।
अभिनेत्री वसुन्धरा भुसाल, विशिष्ट कलाकार कृष्ण मल्ल, रमेश बुढाथोकी तथा परिवर्तन नेपालका संस्थापक एवं केन्द्रीय अध्यक्ष मोहन निरौलाले संयुक्त रूपमा सम्मान पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष समेत रहेको मोहन निरौलाको जन्मदिन सेलिब्रेसन समेत गरियो । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, साहित्यकार राधेश्याम लेकाली, अधिवक्ता कृष्ण ढुङ्गाना, चलचित्र कलाकार संघका पूर्वअध्यक्ष रवीन्द्र खड्का।, चलचित्र संघका वरिष्ठ उपाध्यक्ष गोपालकाजी कायस्थ, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुली, महासचिव अरुण प्रधान, द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान तथा विशिष्ट व्यक्तित्वहरू बिजयरत्न तुलाधर, आरपी पन्त, उत्तम केसी, सपना श्रेष्ठ, शारदा गिरी लगायत थुप्रै कलाकर्मीको सहभागीता थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण