मुलुक गम्भीर संकटमा छ, आन्दोलनको विकल्प छैन: साह
काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले मुलुक अहिले गम्भीर संकटमा रहेको दाबी गरेका छन् । उनले देशमा बढ्दै गइरहेको संकटको एक मात्र समाधान तेस्रो जनआन्दोलन भएको दाबी गरे ।
हालको दलतन्त्रले देशलाई दलदलमा फसाएको उनको दाबी थियो । बुधाबर आजपाद्वारा भक्तपुर र काठमाडौँको बालाजुमा आज आयोजित छुटाछुटै कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले दलाल एवं लुटकारी व्यवस्थाका कारण दलाल नेताहरूले देशलाई दलदलमा फसाएको आरोप लगाए ।
‘अहिले मुलुक गम्भीर संकटमा छ । लुटकारी एवं दलाल दलतन्त्रका कारण जताततै लुट मच्चिएको छ । भ्रष्टाचार, अनियमितता, कुशासन बढ्दै गएको छ । नेताहरू मालामाल भएका छन्, जनता लाचार भएका छन्’, आजपा अध्यक्ष साहले भने, ‘अहिलेको संकटको एकमात्रै समाधान भनेको तेस्रो जनआन्दोलन हो । चैत २४ गते भृकुटीमण्डपमा जाऔँ र यो दलाल दलतन्त्रको विरुद्ध एकजुट होऔँ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारका कारण मुलुकको आर्थिक अवस्था संकटमा पुगेको उनले बताए । सरकारमा सहभागी नेताहरू भ्रष्टाचार, अनियमिततामा लागेको आरोप लगाउँदै साहले उनीहरूबाट केही आस गर्नु बेकार रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण