अफगानिस्तानलाई हराउन नेपालले ३०१ रन बनाउनुपर्ने
काठमाडौँ । यूथ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको पहिलो खेलमा बिहीबार अफगानिस्तानको यू–१९ टोलीले नेपालको यू–१९ टोलीलाई जितका लागि तीन सय एक रनको लक्ष्य दिएको छ । खेल काठमाडौँको मुलपानी क्रिकेट मैदानमा भइरहेको छ ।
टस जिती पहिले ब्याटिङको निर्णय लिएको अफगानिस्तानको टोलीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर तीन सय रन बनायो । अफगानिस्तानका लागि दुई ब्याट्सम्यानले उत्कृष्ट अर्धशतकीय पाली खेले । फैसल सिनोजादाले ९७ रन बनाए । उनी केवल तीन रनका कारण शतक पुरा गर्नबाट चुके ।
तेस्रो नम्बरमा क्रिज समाल्न आएका फैसल सिनोजादाले ८८ बलको सामना गरी चार छक्का र नौ चौका पनि हिर्काए । अफगानिस्तानले ४९ रनको कुल स्कोरमा पहिलो विकेट गुमाएको थियो । ओपनर युजाइरुल्लाह निआजाई २४ रन बनाउँदै आउट भएका थिए ।
त्यसपछि अर्का ओपनर खालिद अहमदजाई र फैसल सिनोजादाले टोलीको स्कोरलाई दुई सय तीन रनको सम्मानजनक स्थितिमा पु¥याएका थिए । ओपनर खालिद अहमदजाईले पनि टोलीका लागि ७६ रनको योगदान गरे । उनले एक सय सात बलमा ६ चौका पनि प्रहार गरे ।
बर्कत ईब्राहिमजाइले पनि टोलीको खातामा ३५ रन थपे । अजिजुल्लाह मिया खिलले २१ रन बटुले । नेपाली टोलीका बलर सन्तोष यादवले तीन विकेट लिए । उनले १० ओभरमा ६४ रन खर्चिए । अभिषेक तिवारीले पनि दुई विकेट हात पारे । दयानन्द मण्डल र विपिन शर्माले एक–एक विकेट लिए ।
अफगानिस्तानको यू–१९ टोलीले नेपालको यू–१९ पुरुष टोलीसँग तीनवटा खेलको शृंखला खेल्ने कार्यक्रम छ । नेपालमै आयोजना हुने आईसीसी यू–१९ विश्वकप छनोटको तयारीका क्रममा यो शृंखला खेल्न लागिएको हो ।
विश्वकप छनोट खेल पनि मुलपानी क्रिकेट मैदानमै हुनेछ । नेपाल र अफगानिस्तानबिचको शृंखलालाई यूथ एककदिवसीय अन्तर्राष्ट्रियको मान्यता दिइएको छ । दोस्रो खेल अप्रिल ६ र तेस्रो खेल अप्रिल ९ तारिखमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
असार १ गतेदेखि चिया उद्योग बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण