म्यानमारमा भूकम्पमा परेर मृत्यु हुनेको संख्या ३ हजार नाघ्यो
बिहीबार, २१ चैत २०८१, १३ : ४८
म्यानमार । शुक्रबार म्यानमारमा गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या ३ हजार नाघेको छ । हालसम्म भूकम्पमा परेर ३ हजार ८५ जनाले ज्यान गुमाएको म्यानमारको जुन्ता सरकारले जनाएको छ ।
यस्तै हालसम्म ४ हजार ७१५ जना घाइते भएको बताइएको छ । सयौँ अझै बेपत्ता रहेकोले मर्नेको सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।
यसैबिच जुन्ता प्रमुख मीन आङ ह्लाइङ थाइल्यान्डमा हुन लागेको बिमस्टेक क्षेत्रीय शिखर सम्मेलनमा सहभागी हुन त्यसतर्फ जाँदैछन् । देश भूकम्पले थङथिलो भएको अनि मर्नेको सङ्ख्या बढिरहँदा उनको यो भ्रमण हुन लागेको हो । उनको यो भ्रमण असामान्य अवस्थामा हुन लागेको समाचारमा उल्लेख छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण