ट्रेलरमा यस्तो देखियो चलचित्र ‘कर्मा’
काठमाडौँ । चलचित्र ‘कर्मा’ को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार एक कार्यक्रमबिच सार्वजनिक ट्रेलरमा कलाकार विपिन कार्की, उपासनासिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरीलगायत अटाएका छन् । ट्रेलरमा एक्सनले प्राथमिकता पाएको छ ।
सार्वजनिक ट्रेलरमा भ्रष्ट समाजले एक निर्दोष र सिधा युवालाई कुन हदसम्म असर पुर्याउँछ भन्ने देखाएको छ । आफ्नो उद्देश्य प्राप्तिका लागि हिँडेको युवा कसरी परिबन्दमा परेर गुण्डागर्दी र प्रहरीको कष्टडीसम्म पुग्छ भन्ने ट्रेलरमा समावेश छ । चलचित्र सौरभ चौधरीले निर्देशन गरेका हुन् ।
प्रेमसँगै आमाको आशीर्वाद र निर्दयी समाजको कथा चलचित्रको ट्रेलरले सङ्केत गरेको छ । विपिनलाई एक्सनमा उतारेका निर्देशक सौरभ चौधरीले एक्सनको जगमा बसेर पैसा र पावरका लागि मरिहत्ते गर्ने समाजको कथा भन्ने प्रयास गरेका छन् ।
‘कर्मा’ मा विपिन, उपासना मुकुन र सरितासँगै दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मा लगायतको अभिनय छ । नयाँ वर्ष २०८२ को छेको पारेर चलचित्र ‘कर्मा’ आगामी चैत २९ गते रिलिज हुँदैछ । नेपाल र विदेशमा एकसाथ प्रदर्शन हुने चलचित्र निर्देशक चौधरी स्वयंले लेखेका छन् ।
‘कर्मा’ को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज सिनेमाले लिएको छ । चलचित्रमा भास्कर स्वाँरको सङ्गीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ ।
आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति ‘कर्मा’ मा वसन्त लम्सालको लगानी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण