सम्पूर्ण करार कर्मचारीलाई स्थायी गर्न सरकारसँग प्रभु साहको माग
काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारसँग तलो तह र श्रेणिविहीन सबै करार कर्मचारीलाई स्थायी गर्नुपर्ने माग गरेका छन् ।
राजधानीमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै साहले प्रधानमन्त्री केपी शर्मा ओलीसंग प्रश्न गर्दै भने, ‘तलो तह र श्रेणिविहीन करारमा काम गर्ने कर्मचारीको वृद्धिविकास र पेन्सन किन रोक्नु भयो ?’ सरकारले ती कर्मचारीको वृद्धिविकास लगायतका सेवा सुविधा रोकेको आरोप उनले लगाए ।
‘अन्य कर्मचारीको वृद्धिविकास, ग्रेड बढुवा हुने, स्तर वृद्धि हुने, पेन्सन पाउने तर तलो तहमा काम गर्ने श्रेणी विहिन करार कर्मचारीले यी सुविधानहरु किन नपाउने ? सरकारले यी कर्मचारीलाई किन हेपेर, पेलेर राखेको छ ?, काम गराउने तर सेवा सुविधाबाट बञ्चित गर्न कसरी मिल्छ ?’ आजपा अध्यक्ष साहले भने । उनले यी कर्मचारीलाई हेप्ने, पेल्ने दृष्टिबाट सरकार मुक्त भई सेवा सुविधा अन्य कर्मचारी जस्तै दिनुपर्ने माग समेत गरे ।
उनले चालक, माली, कार्यालय सहयोगी सहितका तलो तह र श्रेणी विहीन करार कर्मचारीहरूलाई सरकारले यथाशीघ्र स्थायी गरी अन्य कर्मचारी जस्तै सबै सेवा सुविधा दिनुपर्ने जोडदार रूपमा माग गरे । सरकारले यथाशीघ्र आफूहरूको माग सुनुवाइ नगरे त्यसका लागि जस्तोसुकै संघर्षका कार्यक्रम गर्न बाध्य हुने चेतावनी समेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण