मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

वीरगञ्जको सुख्खा बन्दरगाहमा आगलागी हुँदा चार करोडको क्षति

बिहीबार, २४ जेठ २०७५, १२ : २४
बिहीबार, २४ जेठ २०७५

वीरगंज–वीरगञ्जको सिर्सियास्थित सुख्खा बन्दरगाहमा कन्टेनर ओसार्ने मेशिनमा आगलागी हुँदा करिब चार करोड मूल्य बराबरको क्षति भएको छ ।

सुख्खा बन्दरगाहमा बुधबार राति करिब पौने ११ बजे एनसी ०२० ०१४९ नम्बरको रिटेस्टेकर मेशिनमा सटसर्किट भएर आगलागी भएको हिमालयन ट्रमिनलका सिइओ विष्णु कान्त चौधरी बताए ।

हाईवे रोडलाइन प्राली लेखिएकोे रिटेस्टेकरको मेशिनमा सटसर्किट भएर आगलागी भएको हिमालयन ट्रमिनलका सिइओ चौधरी बताए ।

आगो नियन्त्रणमा नआएपछि वीरगञ्ज महानगरपालिका र पोखरीयाबाट गएको दमकलको सहयोगमा स्थानीय बासिन्दा, प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएको हिमालयन ट्रमिनलका सिइओ चौधरी जानकारी दिए ।

आगलागीमा परी भारत सीतामढी घर भई अपरेटरको काम गर्दै आएका ३१ वर्षीय सुशिल राउत सामान्य घाइते अपरेटर राउतको दायाँ हातमा घाउ भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमित अग्रवाल
अमित अग्रवाल

 अग्रवाल रातोपाटीका पर्सा जिल्ला प्रतिनिधि हुन् ।

लेखकबाट थप