वीरगञ्जको सुख्खा बन्दरगाहमा आगलागी हुँदा चार करोडको क्षति
बिहीबार, २४ जेठ २०७५, १२ : २४
वीरगंज–वीरगञ्जको सिर्सियास्थित सुख्खा बन्दरगाहमा कन्टेनर ओसार्ने मेशिनमा आगलागी हुँदा करिब चार करोड मूल्य बराबरको क्षति भएको छ ।
सुख्खा बन्दरगाहमा बुधबार राति करिब पौने ११ बजे एनसी ०२० ०१४९ नम्बरको रिटेस्टेकर मेशिनमा सटसर्किट भएर आगलागी भएको हिमालयन ट्रमिनलका सिइओ विष्णु कान्त चौधरी बताए ।
हाईवे रोडलाइन प्राली लेखिएकोे रिटेस्टेकरको मेशिनमा सटसर्किट भएर आगलागी भएको हिमालयन ट्रमिनलका सिइओ चौधरी बताए ।
आगो नियन्त्रणमा नआएपछि वीरगञ्ज महानगरपालिका र पोखरीयाबाट गएको दमकलको सहयोगमा स्थानीय बासिन्दा, प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएको हिमालयन ट्रमिनलका सिइओ चौधरी जानकारी दिए ।
आगलागीमा परी भारत सीतामढी घर भई अपरेटरको काम गर्दै आएका ३१ वर्षीय सुशिल राउत सामान्य घाइते अपरेटर राउतको दायाँ हातमा घाउ भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण