आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
यू–१९ यूथ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट

नेपालविरुद्ध अफगानिस्तानले पहिले ब्याटिङ गर्ने

आइतबार, २४ चैत २०८१, ०९ : २७
आइतबार, २४ चैत २०८१

काठमाडौँ । यूथ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको दोस्रो खेलमा आइतबार नेपालको यू–१९ टोलीविरुद्ध अफगानिस्तानको यू–१९ टोलीले पहिले ब्याटिङ गर्ने भएको छ । काठमाडौँको मुलपानी क्रिकेट मैदानमा अफगानिस्तानले टस जिती पहिले ब्याटिङको निर्णय लिएको हो । 

यसअघि खेलिएको पहिलो खेलमा अफगानिस्तानले नेपाललाई एक सय ३० रनले हराएको थियो । तीन खेलको शृङ्खलामा अफगानिस्तान १–० ले अगाडि छ । अघिल्लो खेलमा टस जिती ब्याटिङको निर्णय लिएको अफगानिस्तानले ५० ओभरमा नौ विकेट गुमाएर तीन सय रन बनाएको थियो । नेपालले भने ४६.२ ओभरमा अलआउट हुनुअघि एक सय ७० रनमात्र बनाउन सकेको थियो । 

नेपालमै आयोजना हुने आईसीसी यू–१९ विश्वकप छनोटको तयारीका क्रममा यो शृंखला खेलिएको हो । विश्वकप छनोट खेल पनि मुलपानी क्रिकेट मैदानमै हुनेछ । नेपाल र अफगानिस्तानबिचको शृंखलालाई यूथ एककदिवसीय अन्तर्राष्ट्रियको मान्यता दिइएको छ । शृंखलाको तेस्रो खेल भने अप्रिल ९ तारिखमा खेलिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप