अफगानिस्तानलाई हराउन नेपालले १६९ रन बनाउनुपर्ने
काठमाडौँ । यूथ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको दोस्रो खेलमा आइतबार अफगानिस्तानको यू–१९ टोलीले नेपालको यू–१९ टोलीलाई जितका लागि एक सय ६९ रनको लक्ष्य दिएको छ ।
काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको अफगानिस्तानले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै एक सय ६८ रन बनाएको हो । कप्तान महबुब खानवाहेक अफगानिस्तानका कुनै ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । चौथो नम्बरमा क्रिज समाल्न आएका महबुब खानले ५८ रन बनाए । उनले एक सय १४ बलको सामना गरी एक चौका पनि हिर्काए ।
ओपनर ब्याट्सम्यान उजइरुल्लाह निआजाई १९ र खालिद अहमदजाई १० रन बनाउँदै पेभेलियन फर्किएका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका फैसल सिनोजादाले खातासम्म खोल्न सकेनन् । बर्कत ईब्राहिमजाई पनि शून्य रनमै आउट भए ।
नजिफुल्लाह अमिरीले टोलीको खातामा १६ रन थपे । खातिर स्टानिकजाईले ११ रन बनाउँदै पेभेलियन फर्किए । जैतुल्लाह साहिन दुई रनभन्दा अगाडि बढ्न सकेनन् । तल्लो क्रमका ब्याट्सम्यान रुहुल्लाह अरबले २७ रन बनाए ।
अफगानिस्तानले अतिरिक्त रुपमा पनि १२ रन पायो । नेपाली टोलीका बलर सन्तोष यादवले तीन विकेट लिए । सिबरिन श्रेष्ठ र विपिन शर्माले पनि दुई–दुई विकेट हात पारे । अपराजित पौडेल र अभिषेक तिवारीले पनि एक–एक विकेट कुम्ल्याए ।
तीन खेलको शृंखलामा अफगानिस्तान १–० ले अगाडि छ । पहिलो खेलमा अफगानिस्तानले नेपाललाई एक सय ३० रनले हराएको थियो । नेपालमै आयोजना हुने आईसीसी यू–१९ विश्वकप छनोटको तयारीका क्रममा यो शृंखला खेलिएको हो ।
विश्वकप छनोट खेल पनि मुलपानी क्रिकेट मैदानमै हुनेछ । नेपाल र अफगानिस्तानबिचको शृंखलालाई यूथ एककदिवसीय अन्तर्राष्ट्रियको मान्यता दिइएको छ । शृंखलाको तेस्रो खेल भने अप्रिल ९ तारिखमा खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
असार १ गतेदेखि चिया उद्योग बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण