अमेरिकी सेयर बजारमा गएको पहिरोबारे के भन्छन् ट्रम्प ?

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशहरूमा पारस्परिक कर लगाउने घोषणा गरेका थिए । त्यसयता अमेरिकी सेयर बजारमा एकपछि अर्को पहिरो गइरहेको छ ।
विश्वभरका लगानीकर्ता ट्रम्पको यस कदमबाट भयभीत छन् । अर्थशास्त्री र बजार विश्लेषकहरूले विश्व अर्थतन्त्र नै मन्दीमा धकेलिने चेतावनी दिइरहेका छन् । यसैबीच ट्रम्पले सेयर बजारमा देखिएको त्रासप्रति टिप्पणी गरेका छन् । ‘म केही पनि बिग्रियोस् भन्ने चाहन्न, तर कहिलेकाहीँ चीजहरू ठिक गर्न औषधि खानुपर्छ,’ उनले मिडियालाई भने ।
ट्रम्पले चीन, पाकिस्तान, भारत लगायत विश्वभरका व्यापार साझेदार मुलुकबाट अमेरिका भित्रिने सामानमा अतिरिक्त भन्सार महसुल लगाउने घोषणा गरेपछि सेयर बजार चौपट भएको छ । तर, आफ्नो यस कदमबाट अमेरिकामा रोजगारी र लगानी फिर्ता आइरहेको दाबी ट्रम्पको छ । आफ्नो यो नीतिका कारण संसारले चाँडै नै अमेरिकालाई नराम्रो व्यवहार गर्न बन्द गर्ने दाबी उनले गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायीले प्रधानमन्त्रीलाई भने – व्यवसाय धराशायी हुन्छ, पुनः विचार गरियोस्
-
रास्वपाको अवरोधबारे पाँच दलसँग छलफलमा सभामुख
-
रौतहटमा सय बढी कार्यकर्ता कांग्रेसमा प्रवेश
-
नख्खु खोला किनारमा मनसुनको पिर, तस्बिरहरू
-
नौ वर्षमा पनि पूरा भएन मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड
-
यातायात कार्यालयका अधिकृत गौतमविरूद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा