आइतबार, २१ वैशाख २०८२
ताजा लोकप्रिय
राप्रपा प्रदर्शन

बालुवाटार घेरेर भातपानी बन्द गर्ने लिङ्देनको चेतावनी

मङ्गलबार, २६ चैत २०८१, १५ : २३
मङ्गलबार, २६ चैत २०८१

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार नसुध्रने हो भने बालुवाटार घेरेर भातपानी बन्द गर्ने चेतावनी दिएका छन् ।

मंगलबार काठमाडौंको बल्खुमा आयोजना गरेको खवरदारी सभालाई सम्बोधन गर्दै लिङ्देनले आफ्ना नेताहरुलाई हतकडी लगाएको विषय राप्रपाले इखको रुपमा लिएको बताउदै यस्तो भातपानी बन्द गर्ने चेतावनी दिएका हुन् ।

‘नसुध्रने हो भने हामी पनि गाली चलाउछौ त भन्दिनँ तर बालुवाटार घेरेर भातपानी बन्द गर्न सक्छौ’, लिङ्देनले भने, ‘आज राप्रपा बल्खु गयो भनेर कमजोरी नठान्नु । शान्ति अहिंशालाई कमजोरी नठान्नु केपी ओलीजी, गृहमन्त्रीजी ।’

उनले गणतन्त्र कति कमजोर रहेछ भनेर देखाउन आएको भन्दै राज्यआतंक सधै नचल्ने चेतावनी दिए । राप्रपालाई विद्रोहमा जाओस् भन्ने चाहेको हो भने सल्लाह नै गरेर जाने बताएका लिङ्देनले देशलाई शान्तिपुर्ण बाटोबाटै परिवर्तनका लागि हिँडेको बताए ।

‘सत्ता सधैभरी तपाईको हातमा हुदैन, जनता गोठको गाइबस्तु होइनन’, प्रधानमन्त्री र गृहमन्त्रीलाई चेतावनी दिदै भने, ‘जतिदिन हाम्रा साथिहरुलाई थुन्नुहुन्छ यो जनमत दिनदुई गुणा रात चौगुणा बढेर जान्छ । देशमा राजा चाहिन्छ भन्नु राज्यविरुद्धको अपराध हो ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप