बालुवाटार घेरेर भातपानी बन्द गर्ने लिङ्देनको चेतावनी
काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार नसुध्रने हो भने बालुवाटार घेरेर भातपानी बन्द गर्ने चेतावनी दिएका छन् ।
मंगलबार काठमाडौंको बल्खुमा आयोजना गरेको खवरदारी सभालाई सम्बोधन गर्दै लिङ्देनले आफ्ना नेताहरुलाई हतकडी लगाएको विषय राप्रपाले इखको रुपमा लिएको बताउदै यस्तो भातपानी बन्द गर्ने चेतावनी दिएका हुन् ।
‘नसुध्रने हो भने हामी पनि गाली चलाउछौ त भन्दिनँ तर बालुवाटार घेरेर भातपानी बन्द गर्न सक्छौ’, लिङ्देनले भने, ‘आज राप्रपा बल्खु गयो भनेर कमजोरी नठान्नु । शान्ति अहिंशालाई कमजोरी नठान्नु केपी ओलीजी, गृहमन्त्रीजी ।’
उनले गणतन्त्र कति कमजोर रहेछ भनेर देखाउन आएको भन्दै राज्यआतंक सधै नचल्ने चेतावनी दिए । राप्रपालाई विद्रोहमा जाओस् भन्ने चाहेको हो भने सल्लाह नै गरेर जाने बताएका लिङ्देनले देशलाई शान्तिपुर्ण बाटोबाटै परिवर्तनका लागि हिँडेको बताए ।
‘सत्ता सधैभरी तपाईको हातमा हुदैन, जनता गोठको गाइबस्तु होइनन’, प्रधानमन्त्री र गृहमन्त्रीलाई चेतावनी दिदै भने, ‘जतिदिन हाम्रा साथिहरुलाई थुन्नुहुन्छ यो जनमत दिनदुई गुणा रात चौगुणा बढेर जान्छ । देशमा राजा चाहिन्छ भन्नु राज्यविरुद्धको अपराध हो ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण