नेपाल वेद र बुद्ध दुवैको भूमि हो, मौलिक सभ्यतालाई पुनर्जागरण गर्न गुरुकुलतर्फ लाग्नुपर्छ : संस्कृति मन्त्री
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको मौलिक सभ्यतालाई पुनजार्गरण गर्ने काममा गुरुकुल लाग्नुपर्नेमा जोड दिएका छन्।
गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ स्थित कान्ति भैरव गुरुकुलले मंगलबार आयोजना गरेको संस्कृत नाटक ‘प्रतिष्ठा’ शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले गुरुकुलकालीन शिक्षाका माध्यमबाट दार्शनिक चाणक्यले मानिसलाई ब्युँझाएजस्तै भूमिका अहिलेका गुरुकुलले खेल्नुपर्नेमा जोड दिएका हुन् ।
नेपालको संस्कृति र प्रकृति विश्वलाई देखाएर यहाँको पर्यटन प्रवर्द्धन गर्न सकिने बताउँदै मन्त्री पाण्डेले त्यसतर्फ मन्त्रालयले काम गरिरहेको जानकारी गराए ।
‘संस्कृत विश्वविद्यालय जुन उद्देश्यका लागि स्थापना भएको हो, त्यस अनुसार काम हुन सकेन कि भनी चर्चा चलिरहेको छ, राज्यका अन्य निकायले पनि जनभावना अनुसार काम गर्न नसकेकाले काममा सुधार गर्न सबैको सहयोग आवश्यक पर्छ,’ मन्त्री पाण्डेले भने,‘संस्कृत विश्वविद्यालय भौतिक सम्पत्ति भएको संस्था हो, त्यसको सदुपयोग गरिनुपर्छ, पशुपति क्षेत्रस्थित नेपाल वेद विद्याश्रमलाई महाविद्यालयका रुपमा स्थापित गर्न गृहकार्य भइरहेको छ ।’
राम्रोसँग संस्कृत र अङ्ग्रेजी जानेकाको आवश्यकता अहिले विश्वमै रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले नेपाल संस्कृत विश्विद्यालयका विद्यार्थीले अहिले विश्वमै उत्कृष्ट ठहरिएका विश्वविद्यालयमा संस्कृत प्राध्यापन गरिरहेको बताए । संस्कृतको उन्नयनमा जयतु संस्कृतम् संस्थाको पनि भूमिका रहेको र सबै संस्थालाई जोडेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।
नेपाल वेद र बुद्ध दुवैको भूमि भएकाले दुवै ज्ञानको केन्द्रका रुपमा यसलाई विश्वमा स्थापित गर्न सकिने मन्त्री पाण्डेको भनाई थियो । पछिल्लो समय भौतिकभन्दा आध्यात्मिक पक्ष महत्वपूर्ण हुँदै गएकाले सभ्यता, संस्कृति, पूर्वीय साहित्य र संस्कृत भाषाको गरिमाबाट समाजलाई प्रेरित गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण