अफगानिस्तानविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने
काठमाडौँ । यूथ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको बुधबार खेलिने तेस्रो तथा अन्तिम खेलमा अफगानिस्तानको यू–१९ टोलीविरुद्ध नेपालको यू–१९ टोलीले पहिले ब्याटिङ गर्ने भएको छ ।
काठमाडौँको मुलपानी क्रिकेट रंगशालामा अफगानिस्तानले टस जिती पहिले क्षेत्ररक्षण (फिल्डिङ) गर्ने निर्णय लिएको हो । जारी शृंखलामा नेपालले लगातार तेस्रो पटक टस हारेको हो ।
तीन खेलको शृंखला यसअघि नै अफगानिस्तानले जितिसकेको छ । अफगानिस्तानको यू–१९ टोली पहिलो खेलमा एक सय ३० रन र दोस्रो खेलमा एक रनले विजयी भएको थियो ।
त्यसैले बुधबारको खेलमा नेपाली टोली सान्त्वना जितको खोजिमा हुनेछ । अफगानिस्तानको टोली भने लगातार तेस्रो जित निकालदै शृंखलालाई ‘ह्वाइट वास’ गर्ने धुनमा रहने छ ।
नेपालमै आयोजना हुने आईसीसी यू–१९ विश्वकप छनोटको तयारीका क्रममा यो शृंखला खेलिएको हो । विश्वकप छनोट खेल पनि मुलपानी क्रिकेट मैदानमै हुनेछ । नेपाल र अफगानिस्तानबिचको शृंखलालाई यूथ एककदिवसीय अन्तर्राष्ट्रियको मान्यता दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
असार १ गतेदेखि चिया उद्योग बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण