नेपालले अफगानिस्तानलाई दियो १९२ रनको लक्ष्य
काठमाडौँ । यूथ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको बुधबार खेलिने तेस्रो तथा अन्तिम खेलमा नेपालको यू–१९ टोलीले अफगानिस्तानको यू–१९ टोलीलाई जितका लागि एक सय ९२ रनको लक्ष्य दिएको छ । काठमाडौँको मुलपानी क्रिकेट रंगशालामा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४४.५ ओभरमा अलआउट हुनुअघि एक सय ९१ रन बनाएको हो । जारी शृंखलामा नेपालले लगातार तेस्रो पटक टस हारेको हो ।
ओपनर ब्याट्सम्यान साहिल पटेल र निरज कुमार यादवले नेपाललाई गतिलो सुरुवात दिलाएका थिए । यी दुबैले ओपनिङ विकेटका लागि ८३ रनको साझेदारी गरे । साहिल पटेलले ४६ रन बनाए । उनले ६२ बलको सामना गरी एक छक्का र चार चौका हिर्काए ।
अर्का ओपनर निरजले पनि टोलीको खातामा ४२ रन थपे । उनले ४७ बलको सामना गरी एक छक्का र ६ चौका हिर्काए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका कप्तान नरेन भट्टले पनि टोलीको खातामा २२ रन थपे । उनले ३५ बलमा तीन चौका प्रहार गरे ।
यसैगरी, रोशन विश्वकर्माले २८ रन बनाए । यसक्रममा उनले २३ बलको सामना गरी दुई छक्का र दुई चौका हिर्काए । दर्श सोनारले टोलीको खातामा १० रन थपे । मध्य र तल्लोक्रममा ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपाली टोलीले अतिरिक्त रुपमा पनि २८ रन पायो । अफगानिस्तानका बलर हाफिज जदरानले चार विकेट लिए । उनले १० ओभरमा दुई मेडन राख्दै ४९ रन खर्चिए । अब्दुल अजिज र जइतुल्लाह साहिनले पनि दुई–दुई विकेट हात पारे । तीन खेलको शृंखला भने यसअघि नै अफगानिस्तानले जितिसकेको छ ।
अफगानिस्तान पहिलो खेलमा एक सय ३० रन र दोस्रो खेलमा एक रनले विजयी भएको थियो । बुधबारको खेलमा नेपाली टोली सान्त्वना जितको खोजिमा छ । अफगानिस्तान भने लगातार तेस्रो जित निकालदै शृंखलालाई ‘ह्वाइट वास’ गर्ने धुनमा छ ।
नेपालमै आयोजना हुने आईसीसी यू–१९ विश्वकप छनोटको तयारीका क्रममा यो शृंखला खेलिएको हो । विश्वकप छनोट खेल पनि मुलपानी क्रिकेट मैदानमै हुनेछ । नेपाल र अफगानिस्तानबिचको शृंखलालाई यूथ एककदिवसीय अन्तर्राष्ट्रियको मान्यता दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
असार १ गतेदेखि चिया उद्योग बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण