मणिलेक बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल विजयी, सभापतिमा मनोज दत्त ओझा
धनगढी । सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको मणिलेक बहुमुखी क्याम्पसमा सम्पन्न स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को प्यानल नै विजय भएको छ । सभापतिमा नेविसंघका मनोज दत्त ओझा ४८ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका सरोज भट्टले ३७ मत र अखिल क्रान्तिकारीकी कल्पना भट्टले २१ मत प्राप्त गरिन्।
त्यस्तै, सचिवमा नेविसंघकै दर्शन नेगी ५३ मतसहित विजयी भए भने कोषाध्यक्षमा पूजा चन्द ५२ मतसहित विजयी भइन्। सदस्यहरूतर्फ पनि नेविसंघका उम्मेदवारले उत्कृष्ट प्रदर्शन गरे। बिना ओझाले ५९, रमेश दत्त ओझाले ५६, सृजना चन्दले ५६ र तेज ओडले ५७ मत प्राप्त गर्दै सबै सदस्य पदमा विजयी भए।
यससँगै नेविसंघले मणिलेक बहुमुखी क्याम्पसमा लगातार तेस्रोपटक जित दर्ता गर्दै ‘ह्याट्रिक’ गरेको छ। यसअघि क्याम्पसमा सम्पन्न तीन स्ववियु निर्वाचनमध्ये पहिलो सभापति केवश चन्द रहेका थिए, जो हाल शिवनाथ गाउँपालिकाका प्रवक्ता तथा वडा नं ५ का वडाध्यक्ष छन्। दोस्रो निर्वाचनमा नवराज भट्ट सभापति भएका थिए।
निर्वाचन अधिकृत भवानी सिंह नायकका अनुसार क्याम्पसमा १२५ मतदातामध्ये १११ जनाले मात्र मतदान गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण