मालिकार्जुन गाउँपालिकाले मासिक रूपमा शिक्षकको तलब खातामै पठाउने
दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले मासिक रूपमा शिक्षकहरूको खातामै तलब पठाउन सुरु गरेको छ ।
२०८१ माघदेखि शिक्षक र विद्यालय कर्मचारीको तलब भत्ता उनीहरूकै खातामा पठाउने भएको हो ।
नेपाल सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र शिक्षा मन्त्रालयको परिपत्रको आधारमा मासिक रूपमा भुक्तानी सुरु गरिएको पालिकाले जनाएको छ । त्यस्तै गाउँपालिकाले समेत चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा मासिक रूपमा तलब भुक्तानी गर्ने जनाएको थियो ।
उक्त कार्यबाट निजामती कर्मचारीसरह शिक्षक कर्मचारीहरूको समेत मासिक रूपमा विद्युतीय प्रणालीमार्फत अनलाइनबाट खातामा तबल जम्मा हुने प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाले जानकारी दिए ।
शिक्षकहरूको सञ्चयकोष तथा नागरक लगानी कोषमा समेत अनलनइनमार्फत नै जम्मा हुने व्यवस्था मिलाइएको हो ।
आठ वटा वडा रहेको मालिकार्जुनमा ३८ सामुदायिक विद्यालयका ३३२ शिक्षक कर्मचारी छन् । अबदेखि उनीहरूले मासिक रुपमै तलब पाउने गाउँपालिकाका शिक्षा अधिकृत लोकेन्द्र सिंह धामीले जानकारी दिए ।
सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरूको तलबभत्ता निकासा प्राप्त हुनासाथ मासिक रूपमा भुक्तानी गरिने हुँदा हाजिरी विवरण मासिक पठाउने व्यवस्था मिलाउनसमेत सबै विद्यालयलाई अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विजय मल्ल : जीवनको अन्तिम अध्याय
-
३ महिनाअघि पशुपतिमा युवकको हत्या गरेर भागेको आरोपमा साधु पक्राउ
-
भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन क्षेत्र उत्साहित
-
कारागारबाट फरार डाँका चोरी मुद्दाका कैदी सिन्धुपाल्चोकबाट पक्राउ
-
पाँच अभौतिक सम्पदा राष्ट्रिय सूचीकरणमा, के-के समेटियो ?
-
छोरी जन्मिए प्रोत्साहन भत्ता !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण