वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ विजयी

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा भुवनसिंह गुरुङ विजयी भएका छन् । शुक्रबार भएको संघको निर्वाचनको अन्तिम मत परिणाम अनुसार अध्यक्षमा भुवन सिंह विजयी भएका हुन् । उनको नेतृत्वमा संघमा नयाँ कार्यसमिति चयन भएको छ ।
प्रथम उपाध्यक्षमा नरेश गेलाल समूहका सुजित श्रेष्ठ र द्वितीय उपाध्यक्षमा गुरुङ समूहका देवकुमार खोखाली विजयी भए । तृतीय उपाध्यक्षमा गेलाल समूहका बैकुण्ठ वैभव विजयी भएका छन् ।
यस्तै, महासचिवमा गुरुङ समूह कै महेश कुमार बस्नेत विजयी भएका छन् । सचिवमा गुरुङ समूहका कुन्छ दोर्दे दिङडोङ र कोषाध्यक्षमा गेलाल समूहकी धनमाया सिन्जाली मगर विजयी भएका छन् ।
संघको नेतृत्वका लागि यसपटक दुई प्यानल चुनावी मैदानमा होमिएका थिए । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशन र गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्चसँगको तालमेलमा बनेको प्यानलको अध्यक्षमा संघका पूर्व द्वितीय उपाध्यक्ष भुवनसिंह गुरुङले उम्मेदवारी दिएका थिए ।
यस्तै, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनको असन्तुष्ट पक्ष र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनबीचको तालमेलमा बनेको संयुक्त व्यवसायी समूहको अध्यक्षका उम्मेदवार संघका पूर्व महासचिव तथा मञ्चका पूर्वअध्यक्ष नरेश गेलाल चुनावी मैदानमा होमिएका थिए । यस्तै, युवा व्यवसायी ईश्वर सापकोटाले सचिव र अख्तर हुसेनले प्रथम उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थाेक मूल्य
-
रौतहटका स्थानीय तहको बेरुजु ११ अरब नाघ्यो
-
पाथीभरा केबलकारबारे मुख्यमन्त्री र मन्त्रीबिच विवाद
-
बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन
-
ममता काफ्लेको हत्या प्रकरण : नरेश भट्टविरुद्धको न्याययात्रा निर्णायक मोडमा
-
एमाले संसदीय दलको बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?