आइतबार, २१ वैशाख २०८२
ताजा लोकप्रिय

इटालियन सिरी’एमा एसी मिलानको शानदार जित

शनिबार, ३० चैत २०८१, ०६ : ३६
शनिबार, ३० चैत २०८१

काठमाडौं । इटालियन सिरी’एमा एसी मिलानले शानदार जित निकालेको छ । मिलानले युडिनिजको घरेलु मैदानमा ४-० को शानदार जित निकालेको हो । 

मिलानलाई जिताउन राफेल लियो, स्ट्राहिंजा पावलोभिच, थियो हर्नान्डेज र तिजानी रिन्जेडर्सले गोल गरे । यो जितपछि एसी मिलान ५१ अंक बटुल्दै अंक तालिकाको नवौं स्थानमा उक्लिएको छ । 

३२ औं चरणका खेल सुरु हुँदा ४० अंक बटुलेको युडिनिज ११ औं स्थानमा छ । लिगमा शीर्ष स्थानको इन्टर मिलानको ३१ खेलबाट ६८ अंक छ । नापोली ६५ अंक जोडेर दोस्रो तथा ५८ अंक बटुलेको एटलान्टा तेस्रो स्थानमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप