जीवन भोगाइ र अनुभवको लिखित सँगालो नै पुस्तक हो : पूर्व प्रधानन्यायाधीश कार्की
काठमाडौँ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले मान्छेले आफ्नो जीवनमा देखे, भोगेका विविध आयामहरूलाई भाषा र सिलसिला मिलाएर लेख्नु नै साहित्य भएको बताएकी छन् । शनिवार काठमाडौँमा आयोजित साहित्यकार गोपाल पाण्डेको पुस्तक विमोचन कार्यक्रममा कार्कीले पुस्तक लेख्दा भाषागत रूपमा पठनीय हुनुपर्ने बताएकी हुन् ।
उनले आम नेपालीको जीवनयापनका क्रममा भोगेका अनुभवको सँगालोमा साहित्यिक पुस्तकहरू लेख्न सकिने बताइन् । पाण्डे परिवार साहित्य लेखनमा मात्रै नभई देशलाई माथि उकास्ने खानदानी परिवारको रूपमा चिनिएको उनको भनाई छ ।
उनले भनिन्, मान्छेले जे देखेको हुन्छ, जसलाई पर्सेप्सन भन्छ त्यसैलाई भाषा मिलाएर एउटा राम्रो पठनीय हिसाबबाट लेख्यो भने त्यो साहित्य हुन्छ । उहाँले आफ्नो दुःख सुख गरेर हाम्रो आम नेपालीहरूको लाइफै के छ र पहाडतिर बस्ने उकालो ओरालो हिँड्यो भुटेको मकै खायो, भटमास खायो । हाम्रो पिँढीले त त्यही नै भोगेको हो । त्यो बेलाको उहाँले यो पुस्तकमा पुरा जीवन लेख्नुभएको छ । गोपाल असीम पाण्डे भनेपछि कसले नचिन्ने र ? गाउँ सेवा नै देशको सेवा हो भनेर आफ्नो अन्तर मनको भावनालाई प्रस्तुत गर्नुभएको छ ।’
पूर्व प्रधानन्यायाधीश कार्कीले अन्तर आत्मामा छुने भावनात्मक विचारले भरिपूर्ण पाण्डेको लेखन प्रशंसनीय भएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिलाई आकर्षक पेसा बनाएर युवाहरूको विदेश पलायन रोक्न सकिन्छ : राष्ट्रपति
-
‘साथीलाई मारेँ’ भन्दै प्र्याङ्क भिडियो बनाउने युवती पक्राउ
-
कम्युनिस्ट एकताको प्रयासबारे गोकुलको टिप्पणी, ‘असफलता छोप्न र शक्तिमा टिक्न देखाइएको भुत्ते हतियार’
-
प्रचण्डको पार्टीमा जान खोज्नु निराशा र पलायन मात्रै हो : प्रकाण्ड
-
पद्मश्री पुरस्कारको दौडमा कुन-कुन पुस्तक परे ?
-
२५ घटकसँग एकतापछि नेकपा केन्द्रीय समितिको पहिलो बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण