मातृत्व जोगाउने अभियानको शुभारम्भ
काठमाडौँ । मातृत्व जोगाउने अभियान अन्तर्गत भुपेन्द्रा बुढा स्मृति क्यापिएन सी-क्यापको शुभारम्भ समारोह गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठकको प्रमुख आतिथ्यतामा बडीगाड गाउँपालिकाको ग्वालीचौर स्वास्थ्य चौकीमा सम्पन्न भएको छ ।
बडीगाड गाउँपालिकाको अध्यक्ष गण्डकी थापाको अध्यक्षतामा भएको शुभारम्भ समारोहमा बोल्दै पाठकले मातृत्व जोगाउने अभियानलाई बधाई तथा शुभकामना ब्यक्त गरे । उनले भनी यस्ता कार्यक्रमले महिलाको पाठेघरको मुखमा हुने क्यान्सरबाट संक्रमण र मृत्यु हुनेको संख्यामा कम हुने विश्वास ब्यक्त गरे ।
तत्कालिन पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाको स्मृतिमा आम नेपाली महिलाहरुले पाठेघरको मुखमा हुने क्यान्सरबाट भोग्नु परेको पीडालाई मलहम लगाउने सोच, संकल्प साथ पुथा उत्तरगङ्गा गाउँपालिका,रुकुम पुर्व, बडीगाड गाउँपालिका,बाग्लुङ, अन्नपूर्ण गाउँपालिका,म्याग्दी, पचालझरना गाउँपालिका,कालिकोट, पटेर्वा सुगौली गाउँपालिका,पर्सा, सिगास गाउँपालिका,बैतडी र गौमुल गाउँपालिका,बाजुरा गरि ७ स्थानीय तह भित्रका करिब १०,००० किशोरी र महिलाहरु प्रत्यक्ष रुपले समेट्ने लक्ष्य लिएको यो अभियान कल्प इम्पावर वेमेन नेपालको पहलमा ७ स्थानीय तहमा हुन् लागेको हो ।
कल्प इम्पावर वेमेन नेपालकि अध्यक्ष पुजा कोइरालाका अनुसार पहिलो चरणमा चैत २६ र २७ गते २ दिने नि:शुल्क स्वास्थ्य शिविर गरिएको र कार्यक्रममा ३०० भन्दा बढी महिलाले प्रत्यक्ष लाभ लिएको बताइन् ।
कार्यक्रम मिस नेपाल २००५ सुगारिका के.सीले संचालन गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण