बन्ने भयो लभ स्टोरी चलचित्र 'पुष्पलता', नयाँ वर्षको अवसर पारेर घोषणा
काठमाडौँ। नयाँ वर्ष २०८२ को पहिलो दिन नयाँ चलचित्र घोषणा गरिएको छ । ॐ वायु पुत्र फिल्म्स् प्रोडक्सनको ब्यानरमा चलचित्र 'पुष्पलता' बन्ने औपचारिक घोषणा गरिएको हो ।
सुनिल निउरेको लेखन तथा निर्देशनमा बन्ने चलचित्र लभ स्टोरी जनरामा बन्नेछ । चलचित्रमा काम गर्ने प्रमुख पात्र को-को हुन् भन्ने अहिले निर्माण टिमले खुलाएको छैन । पछिल्लो समय बनिरहेको प्रेमकथा भन्दा फरक प्रेम कथामा चलचित्र 'पुष्पलता' बन्ने लेखक तथा निर्देशक निउरेले बताए । थुप्रै चलचित्रमा सहायक निर्देशन तथा लेखकको रूपमा काम गरिसकेका निउरेको ठुलो पर्दामा यो डेब्यु चलचित्र हो ।
चलचित्रको दुई वटा थिम पोस्टर समेत सार्वजनिक गरिएको छ। सार्वजनिक थिम पोस्टरले पनि चलचित्र प्रेमकथामा बन्ने झलक दिएको छ।
चलचित्रमा कास्टिङ डाइरेक्टर संजोग रसाइली रहेका छन्, चलचित्रमा हर्क साउदको शब्द शुशान्त गौतम, प्रशान्त शिवाकोटी र जयन जे वाइवाको संगीत रहनेछ ।
प्रोडक्सन डिजाइनर प्रकाश हमाल रहेका छन् । लभ स्टोरी र पारिवारिक कथामा बन्ने चलचित्रको छायांकन आगामी भदौमा गर्ने तयारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकारको १०० दिन, परिणाममुखी कार्यान्वयन नै अबको परीक्षा : उपेन्द्र यादव
-
सञ्चारमाध्यमप्रति सरकारको दृष्टिकोणमा सङ्कुचन आयो: अध्यक्ष शर्मा
-
दलित, महिला, सीमान्तकृत समुदायका लागि आवाज उठाइरहन्छु : सांसद रम्तेल
-
ध्रुवे हात्तीको आतंक: घरमै पसेर आमा–छोराको लियो ज्यान, स्थानीयको प्रदर्शनपछि चारबुँदे सहमति
-
छिम्केश्वरी धार्मिक वन हस्तान्तरण
-
एपीएफ स्कुलको रकम हिनामिना आरोपमा इन्स्पेक्टर कल्पना गुरुङ पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण