सर्वोच्चले मगायो रवि लामिछानेको मुद्दामा जिल्ला अदालत रुपन्देहीको मिसिलमा संलग्न कागजात
काठमाडौँ । सर्वोच्च अदालतले जिल्ला अदालत रुपन्देहीसँग रवि लामिछानेको मुद्दामा मिसिलमा संलग्न सम्पूर्ण कागजात मगाएको छ ।
सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।
उक्त आदेशविरुद्ध गत शुक्रबार लामिछानेको तर्फबाट सर्वोच्चमा ’थुनुवा दफा ७३’ निवदेन दायर भएको थियो ।
उक्त निवेदनमाथि सुनुवाई गर्दै आइतबार न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले उच्च अदालत तुलसीपुर, बुटवल इजलासका नाममा लामिछानेलाई थुनामा पठाउने कारणसहितको लिखित कैफियत प्रतिवेदन मगाउने आदेश गरेको थियो ।
उक्त आदेशको पूर्णपाठमा उच्चसहित जिल्ला अदालत रुपन्देहीसँग पनि मिसिलमा संलग्न कागजात समावेश गरी पठाउन उल्लेख गरिएको छ ।
मुद्दाको मिसिलमा संलग्न सबै कागजात डिजिटलाइजेसन गरी १५ दिनभित्र पठाउन आदेशमा उल्लेख गरिएको सर्वोच्चका सहरजिस्ट्रार एवं प्रवक्ता अच्युत कुईकेलले जानकारी दिए ।
उच्चबाट कैफियत प्रतिवेदन र जिल्लाबाट मिसिलमा संलग्न सबै कागजात प्राप्त भएसँगै सर्वोच्चले लामिछानेले दायर गरेको रिट खारेज गर्ने वा उच्चको आदेश सच्चाएर थुनाबाहिर बसेर पुर्पक्ष गर्नसक्ने आदेश गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साेमबार नेकपाको भर्चुअल बैठक बस्ने
-
कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण, १२५ जना पक्राउ
-
भ्रष्टाचार विरुद्धको अभियानमा इराकमा ४७ अधिकारी पक्राउ
-
स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपति पदको अन्तर्वार्ता र प्रस्तुतीकरण मिति तय
-
११ स्वर्ण जित्दै आर्मी बन्यो राष्ट्रिय बक्सिङको च्याम्पियन
-
पुष्पलाल जन्मजयन्तीमा समाजवादबारे बहस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण