आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

रातोपाटीकर्मी गिरी ‘म्युजिक खबर सङ्गीत पत्रकारिता सम्मान २०८२’ बाट सम्मानित

आइतबार, १४ असार २०८३, २१ : ४१
आइतबार, १४ असार २०८३

सारांश

  • रातोपाटीकर्मी कुवेर गिरी 'म्युजिक खबर सङ्गीत पत्रकारिता सम्मान २०८२'बाट सम्मानित भएका छन्।
  • गिरीलाई प्रथम उपराष्ट्रपति परामानन्द झा, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, कलाकार मोहन निरौला, साहित्यकार राधेश्याम लेकालीलगायतले नगद सहित खादा, फुलमाला, ट्रफी र सम्मानपत्रले सम्मान गरेका थिए।
  • कार्यक्रममा पत्रकार गोपीकृष्ण चापागाईँ, विशिष्ट सङ्गीतकार शम्भुजित बास्कोटा लगायत विभिन्न स्रष्टा र सिर्जनाहरूलाई अवार्ड वितरण गरिएको थियो।

काठमाडौँ । रातोपाटीकर्मी कुवेर गिरी ‘म्युजिक खबर सङ्गीत पत्रकारिता सम्मान २०८२’बाट सम्मानित भएका छन्।

आइतबार राजधानीमा आयोजित १३औँ म्युजिक खबर म्युजिक अवार्ड २०८२’को एक भव्य समारोहबिच गिरीलाई प्रथम उपराष्ट्रपति परामानन्द झा, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, कलाकार मोहन निरौला, साहित्यकार राधेश्याम लेकालीलगायतले नगद सहित खादा, फुलमाला, ट्रफी र सम्मानपत्रले सम्मान गरेका थिए।

दुई दशक बढी समय चलचित्र पत्रकारितामा सक्रिय गिरीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी ४ दर्जन भन्दा बढी पुरस्कार सम्मान प्राप्त गरिसकेका छन् । चलचित्र पत्रकार सङ्घका निवर्तमान उपाध्यक्ष समेत रहेका गिरीले नेपाल सरकारको केन्द्रीय चलचित्र जाँच पास समितिमा रहेर पनि काम गरिसकेका छन्।

विभिन्न साप्ताहिक, रेडियो तथा एफ, ३ राष्ट्रिय दैनिक, नेपाल टेलिभिजन हुँदै गिरी पछिल्लो एक दशकदेखि रातोपाटी डटकममा आबद्ध छन्।

कार्यक्रममा पत्रकार गोपीकृष्ण चापागाईँले पनि ‘म्युजिक खबर सङ्गीत पत्रकारिता सम्मान २०८२’ प्राप्त गरे । चापागाईँले पनि नगद सहित खादा, फुलमाला, ट्रफी र सम्मान पत्र प्राप्त गरे।

बिशिष्ट सङ्गीतकार शम्भुजित बास्कोटाले म्युजिक खबर दीर्घ साधना सम्मान २०८२’ प्राप्त गरेको उक्त समारोहमा गीतकार उन्नति बोहरा शीला, गीतकार विजय शिवाकोटी, गायक शिव परियार, गायिका कालिका रोका, गीतकार पुरुषोत्तम सानु र सुशीला पौडेल लगायत विभिन्न सम्मानबाट सम्मानित भए।

कार्यक्रममा राष्ट्रिय भावको गीत, पप गीत, लोकदोहोरी गीत, आधुनिक गीत, चलचित्र गीत लगायतका विविध ३३ विधामा विभिन्न स्रष्टा र सिर्जनाहरूलाई अवार्ड वितरण गरिएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप