युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरान
तेहरान । इरानका परराष्ट्रमन्त्री अब्बास अराघचीले ‘युरेनियम प्रशोधन इरानको अधिकार हो र यसबारे कुनै सम्झौता हुन नसक्ने’ बताएका छन् । अमेरिकाले प्रशोधन रोक्न आग्रह गरेपछि उनले यो प्रतिक्रिया दिएका हुन् ।
उनले भने, ‘इरान शान्तिपूर्ण प्रयोजनका लागि युरेनियम प्रशोधन गर्दै आएको छ र यदि कसैलाई चिन्ता छ भने विश्वास निर्माणका उपायहरूमा छलफल गर्न सकिन्छ, तर प्रशोधन रोक्ने माग स्वीकार्य छैन ।’
यो भनाइ अमेरिकाका विशेष दूत स्टीव विटकोफले इरानलाई युरेनियम प्रशोधन पूर्ण रूपमा बन्द गर्न आग्रह गरेपछि आएको हो । विटकोफले यसअघि मात्र सन् २०१५ को आणविक सम्झौताअनुसार फर्कनुपर्ने बताउनुभएका थिए, तर अहिले उहाँले प्रशोधन नै अन्त्य गर्नुपर्ने नयाँ शर्त राखे ।
इरान र अमेरिकाबिच गत साता ओमानमा उच्चस्तरीय वार्ता भएको थियो, जुन दुवै पक्षले ‘सकारात्मक’ भनेका थिए । त्यसको दोस्रो चरणको वार्ता आउँदो शनिबार फेरि मस्कटमा हुने तय भएको छ । अराघचीले अमेरिकाबाट विरोधाभासी सन्देशहरू आइरहेका कारण स्पष्ट धारणा बुझ्न वार्ताकै पर्खाइ गरिएको बताए ।
वार्ताको तयारी स्वरूप अराघची बिहीबार रुस जाँदै छन् । तेहरानस्थित रुसी दूतावासका अनुसार यो भ्रमण पहिलेदेखि तय भए पनि अमेरिकासँगको वार्ता सम्बन्धी छलफल हुनेछ । भ्रमणको क्रममा उनले सर्वोच्च नेता आयातुल्लाह खामेनेईको सन्देश रुसी राष्ट्रपति पुटिनलाई बुझाउने बताएका छन् ।
इरानले वार्ताका क्रममा आफ्ना ‘रेडलाइन’ स्पष्ट पारिसकेको छ । त्यसमा युरेनियम प्रशोधन, सैन्य क्षमता, क्षेप्यास्त्र कार्यक्रम र क्षेत्रीय भूमिका समावेश छन् । इरानी क्रान्तिकारी सुरक्षा बलले देशको रक्षात्मक शक्ति वार्ताको विषय बन्न नसक्ने बताएको छ ।
यसैबिच, अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएइए) का प्रमुख राफाएल ग्रोसी बुधबार इरान पुग्ने कार्यक्रम छ । एजेन्सीले इरानको आणविक गतिविधिमा निगरानी गर्दै आएको छ । पछिल्लो रिपोर्टअनुसार इरानसँग ६० प्रतिशतसम्म प्रशोधित २७४.८ किलोग्राम युरेनियम रहेको छ, जुन सन् २०१५ को सीमा भन्दा धेरै भए पनि आणविक हतियारका लागि आवश्यक ९० प्रतिशत स्तरभन्दा कम हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
-
१० बजे १० समाचार : अभिषेकले चलाएको यमराजको शासन, रास्वपा पदाधिकारीमा क–कसको चर्चा ?
-
खेलको सातौँ मिनेटमै इंग्ल्याण्डविरुद्ध कङ्गोको गोल
-
विश्वकप : इंग्ल्याण्ड र कङ्गोबिचको खेल सुरु
-
पेट्रोलियम पदार्थको बिक्री सामान्य अवस्थामा फर्कियो, १४ पेट्रोल पम्पको ताला खोलियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण