बंगलादेशद्वारा नेपालसहित भारत र भुटानबाट विभिन्न सामग्री आयातमा रोक

काठमाडौँ । बंगलादेशको नेसनल बोर्ड अफ रेभेन्यू (एनबीआर) ले नेपालसहित भारत र भुटानबाट विभिन्न मालवस्तुको आयातमा रोक लगाउने निर्णय गरेको छ । आइतबार राजपत्रमा प्रकाशित सूचनाअनुसार धागो, धुलो पाउडर, सुर्ती, पत्रिकाको कागज, विभिन्न प्रकारको कागज, पेपरबोर्डलगायत सामग्रीको आयातमा रोक लगाइएको बंगला ट्रिब्युयनमा प्रकाशित समाचारमा उल्लेख गरिएको हो ।
यो निर्देशन एनबीआरको भन्सार शाखाले जारी गरेको हो । सूचनाअनुसार नेपाल र भुटानमा उत्पादन र प्रशोधन गरिएका धागो र आलुबाहेक अन्य सामग्रीलाई भने आयातको अनुमति दिइनेछ ।
उता, भारतका लागि भने यो सूची अलि विस्तृत छ । भारतबाट डुप्लेक्स बोर्ड, न्युजप्रिन्ट, क्राफ्ट पेपर, सिगरेट पेपर, माछा, धागो, आलु, दुध पाउडर, सुर्ती, रेडियो र टिभीको पार्टपुर्जा, साइकल र मोटरको पार्टपुर्जा, फोरमाइका सिट, सेरामिक, सेनिटरी सामग्री, स्टेनलेस सामग्री, मार्बल स्ल्याब, टाइल्स र मिश्रित कपडा रहेका छन् ।
यसमा भ्याटमा रजिस्टर भएका बिडी उत्पादक उद्योगहरूलाई भने सुर्तीको पत्ता आयात गर्न दिइने उल्लेख छ । यो सूचना तत्काल लागू हुने बताइएको छ । भन्सार स्रोतले यो प्रतिबन्ध स्थानीय उद्योगलाई रक्षा गर्न र अवैध पुनः निर्यात रोक्न लागू गरिएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मकवानपुर महिला गोल्डकप’ आजदेखि, उद्घाटन खेलमा मकवानपुर र चितवन भिड्ने
-
कृषि अनुसन्धान : मनहरीमा चैतेधान परीक्षण
-
विद्यार्थीले देखाए कथा मार्फत समाजको ऐना
-
बजेट कार्यान्वयन : कर्णाली किन सधैँ कमजोर ?
-
उपप्रधानमन्त्री पौडेल र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबिच भेटवार्ता
-
कर्णालीलाई सुहाउँदो बजेट आउँछ : मन्त्री शाह