सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
अदालत

थुनामा रहेका भुटानी शरणार्थीलाई देश निकाला नगरी वैशाख ११ गते इजलासमा पेस गर्नू : सर्वोच्च अदालत

बिहीबार, ०४ वैशाख २०८२, १६ : ३६
बिहीबार, ०४ वैशाख २०८२

काठमाडौँ । अमेरिकाबाट डिपोर्ट भई भुटान हुँदै नेपाल छिरेर हाल झापामा थुनामा रहेका चार भुटानीलाई तत्काल देश निकाला नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले थुनामा रहेका अशोक गुरुङ, सन्तोष दर्जी, रोशन तामाङ र आशिष सुवेदीलाई वैशाख ११ गते सर्वोच्चको इजलासमा पेस गर्न आदेश गरेको हो ।

थुनामा रहेका भुटानी शरणार्थीलाई थुनामुक्त गर्न माग गर्दै नारायणकुमार सुवेदीले बन्दी प्रत्यक्षीकरणकाे रिट दिएका थिए ।  उनीहरूलाई अमेरिकाले गत चैत ११ डिपोर्ट गरेको थियो ।

डिपोर्ट भएपछि भारत हुँदै भुटान पुगेकोमा भुटानले देश निकाला गरेको थियो ।  त्यसपछि नेपाल आइपुगेका उनीहरूलाई अध्यागमन कार्यालयले देशबाट निष्काशन गर्ने निर्णय गर्दै नियन्त्रणमा लिएको थियो ।

उनीहरू नेपाली मूलका भुटानी भई नेपालमा शरणार्थीको रुपमा दर्ता भै शरणार्थीकै रुपमा अमेरिका पुनर्वास भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप