काठमाडौँ । काठमाडौँ उपत्यकामा बढ्दै गएको बस्ती र थपिँदै गएको सवारी साधनका कारण ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । यही समस्या र चुनौतीलाई व्यवस्थापन गर्न सरकारले अर्बौँ खर्च गरेर करिडोर सडकहरूको विकास र विस्तार गरिरहेको छ ।
अफिस समयमा उपत्यकाको चोक चोकमा हुने सवारी जामका कारण सर्वसाधारणले हैरानी खेप्नु परेको अवस्थामा करिडोर सडक यसको विकल्प बन्दै गएको छ ।
अहिले उपत्यकाको धोबीखोला, बागमती, विष्णुमती, मनोहरा, नक्खुखोला करिडोर सडक वैकल्पिक रूपमा सर्वसाधारणले प्रयोग गर्न थालेपछि काठमाडौँ, ललितपुर र भक्तपुर तीन जिल्ला आउजाउ गर्न सहज समेत भएको छ ।
यसरी अर्बौँ खर्च गरी विस्तार गरिएको करिडोर सडक त्रुटि विहीन भने छैन । मूल सडकमा निर्माण गरिएको पुल होचो हुँदा ठुला सवारी साधनले करिडोर सडक प्रयोग गर्ने अवस्था छैन । त्यस्तै अविरल वर्षा हुँदा खोलाको बहाव बढ्छ। बस्तीबाट आएको ढलका कारण प्रायजसो सबै करिडोरका पुल मुनीदेखि जलमग्न हुन्छ, जहाँ सवारी साधन फस्ने गरेका छन् ।
यस्तो समस्या भइरहेको स्थानमा सरकारले सहरी पूर्वाधारमा एकीकृत करिडोर बनाउने घोषणा समेत गरेको छ। करिडोर सडक सुधार्न सके उपत्यकाको ट्राफिक व्यवस्थापनको लागि उपयुक्त विकल्प बन्न सक्ने देखिन्छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया