प्रभु साहको प्रश्न : म्यानपावरहरूले १० हजार सेवा शुल्क लिनुपर्नेमा लाखौँ रकम असुलिरहँदा सरकार किन मौन ?
काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वैदेशिक रोजगारमा ठगिएका युवाले आफ्नो पैसा कहिले फिर्ता पाउने भन्दै सरकारसँग जवाफ मागेका छन् । आजपा केन्द्रीय कार्यालय काठमाडौँ कोटेश्वरमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले वैदेशिक रोजगारका ठगहरुले सरकारकै मिलेमतोमा लुटको आतङ्क मच्चाएको बताए ।
प्रधानमन्त्री केपी ओलीसँग प्रश्न गर्दै उनले भने, ‘तपाईँहरूले सुशासन खोजेको हो भने कारबाही किन नगरेको’ म्यानपावरले प्रतिव्यक्ति १० हजारभन्दा बढी सेवा शुल्क लिन नपाउने कानुनी व्यवस्था छ । तर लाखौँ असुली भइरहेको छ । के यो कुरा दुई तिहाइ बहुमतको शक्तिशाली सरकारलाई थाहा छैन ?’
अहिले नेपाली कांग्रेस र नेकपा (एमाले) को झन्डै दुई तिहाइ बहुमतको शक्तिशाली सरकार भएको बताउँदै उनले भने, ‘अहिले दुई तिहाइ बहुमतको शक्तिशाली सरकार छ । म प्रधानमन्त्री केपी शर्मा ओलीजीलाई सोध्न चाहन्छु । वैदेशिक रोजगारमा ठगिएका युवाहरूले कहिले पैसा फिर्ता पाउँछन् ?’
जनताको समस्या,चाहना,आवश्यकता पुरा गर्न असफल भएको सरकार कसरी हुन्छ लुट धन्दामा लागेको टिप्पणी उनले गरे । स्वदेशमा रोजगार नपाएर युवाहरू ऋण निकालेर भए पनि रोजगारका लागि विदेश जान बाध्य भएको बताए ।
भगौडा दलाल वर्गको नेतृत्व गरेका प्रधानमन्त्री ओलीका कारण व्यापार व्यवसाय धराशायी हुँदै गइरहेको बताउँदै उनले वर्तमान सरकारलाई श्रमजीवी वर्गको बारेमा सोच्ने, बोल्ने, काम गर्ने समय नै नभएको टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण