इटालियन सिरी’एमा इन्टर मिलानको ‘सहज उपाधि यात्रा’मा धक्का
सोमबार, ०८ वैशाख २०८२, ०२ : ०१
काठमाडौं । इटालियन सिरी’एमा शीर्ष स्थानको इन्टर मिलानलाई धक्का पुगेको छ । आइतबार राती बोलोग्नासँग १-० को हार व्यहोरेसँग इन्टरको 'सहज उपाधि यात्रा'मा धक्का पुगेको हो ।
घरेलु मैदानमा बोलोग्नाका रिकार्डो ओर्सोलिनीले निर्णायक गोल गर्दै इन्टरको उपाधि यात्रा कठिन बनाइदिएका हुन् । दोस्रो हाफ सुरु भएको केही समयमा १० खेलाडीमा सिमित भएको बोलोग्नाले शीर्ष टोलीलाई गोल गर्ने मौका दिएन ।
यो हारले दोस्रो स्थानको नापोलीसँग अंक दुरी बढाउने इन्टरको योजना फेल खाएको छ । समान ३३ खेलबाट इन्टर र नापोलीको ७१-७१ अंक छ । यद्यपि, गोल अन्तरका आधारमा इन्टर शीर्ष स्थानमा भने कायमै छ । यस्तै, सिरी’एको अर्को खेलमा इम्पोलीले भेनेजियासँग २-२ को बराबरी खेल्दै अंक बाँडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
असार १ गतेदेखि चिया उद्योग बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण