इटालियन सिरी’एमा इन्टर मिलानको ‘सहज उपाधि यात्रा’मा धक्का
सोमबार, ०८ वैशाख २०८२, ०२ : ०१

काठमाडौं । इटालियन सिरी’एमा शीर्ष स्थानको इन्टर मिलानलाई धक्का पुगेको छ । आइतबार राती बोलोग्नासँग १-० को हार व्यहोरेसँग इन्टरको 'सहज उपाधि यात्रा'मा धक्का पुगेको हो ।
घरेलु मैदानमा बोलोग्नाका रिकार्डो ओर्सोलिनीले निर्णायक गोल गर्दै इन्टरको उपाधि यात्रा कठिन बनाइदिएका हुन् । दोस्रो हाफ सुरु भएको केही समयमा १० खेलाडीमा सिमित भएको बोलोग्नाले शीर्ष टोलीलाई गोल गर्ने मौका दिएन ।
यो हारले दोस्रो स्थानको नापोलीसँग अंक दुरी बढाउने इन्टरको योजना फेल खाएको छ । समान ३३ खेलबाट इन्टर र नापोलीको ७१-७१ अंक छ । यद्यपि, गोल अन्तरका आधारमा इन्टर शीर्ष स्थानमा भने कायमै छ । यस्तै, सिरी’एको अर्को खेलमा इम्पोलीले भेनेजियासँग २-२ को बराबरी खेल्दै अंक बाँडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराई–मधेसका नेताहरूमाथि राज्यले अन्याय गरिरहेको छ : महन्थ ठाकुर
-
अर्थमन्त्री पौडेलद्वारा कांग्रेस सभापति देउवासँग आगामी बजेटबारे परामर्श
-
शिक्षा मन्त्रीज्यू ! सार्वजनिक शिक्षा निजी क्षेत्रले सुधार्न सक्दैन
-
सुहाङले गराए रवि–राँके–भेडेटार सडकबारे ध्यानाकर्षण
-
विद्युत् पोलमा ठोक्किएर मोटरसाइकलसहित झाडीमा बेपत्ता युवकको शव भेटियो
-
सीता महोत्सवमा सार्वजनिक विदा दिन माग