कार्यविभाजनपछि पहिलो पटक माओवादी स्कुल विभागको बैठक, के–के भयो छलफल ?
काठमाडौँ । नेकपा(माओवादी केन्द्र)को पछिल्लो केन्द्रीय समितिको बैठकपछि पहिलो पटक स्कुल विभागको बैठक बसेको छ ।
पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बसेको बैठकमा आगामी कार्ययोजना र विभागलाई कामकाजी बनाउने विषयमा छलफल भएको स्कुल विभागका उपप्रमुख तथा उपमहासचिव गिरिराजमणि पोखरेलले जानकारी दिए ।
बैठकमा सचिव दीनानाथ शर्मा नेतृत्वमा भर्खरै भएको चीन भ्रमणबारे विभागका सदस्यहरू लेखनाथ न्यौपाने र रामदिप आचार्यले रिपोर्टिङ गरेका थिए ।
विभागलाई थपघट र पुनरावलोकनको विषय पदाधिकारी बैठकले निर्णय गर्नेगरी सिफारिस गरेको पोखरेलले रातोपाटीलाई जानकारी दिए ।
‘बैठकको दुईवटा मुख्य एजेण्डा थियो । पहिलो अगामी कार्ययोजना, दोस्रो विभागलाई कामकाजी बनाउने विषयमा थपघट र पुनरावलोकन गर्ने । विभागमा भएका सबै साथीहरूले आ–आफ्ना अनुभूति रिपोर्टिङ गर्नुभयो । चीन भ्रमणका विषयमा विभागका सदस्यहरूले पनि आफ्ना अनुभव सुनाउनुभयो’, उनले भने, ‘थपघट र पुर्नगठन पदाधिकारी बैठकले गर्ने गरी सिफारिस भएका छन् । साथै आगामी ठोस कार्यक्रम, तत्कालीन कार्यक्रम, क्यालेन्डर, पाठ्यक्रमको पुनरावलोकन, निर्माण, वेवसाइट लगायतका विषय समावेश भएको छ । विभागको सिफारिसको आधारमा पदाधिकारी बैठकले थप निर्णय गर्नेछ ।’
सबैका विचार सुनेपछि विभागका प्रमुख पुष्पकमल दाहाल प्रचण्डले अहिलेको जुन खालको परिस्थिति छ, स्कुल विभागको महत्व असाधारण बढेको बताएका छन् ।
पहिले जनयुद्ध र जनआन्दोलनको मूल्यको आधारमा वैचारिक ढंगले अगाडि बढेपनि अहिले विचार ओझेलमा परेकाले वर्ग समुदायमा फर्किनुपर्नेमा उनले जोड दिएका थिए ।
‘यो स्थितिमा मधेस तराई जागरण अभियान हुँदै जनतामा गइरहेको बेलामा हिजो सरकारमा बसेर संघर्ष गरिरहेको आशा जगाएको छ ।
यस्तो बेला स्कुल विभागले प्रभाकारी ढंगले काम गर्नुपर्छ भन्ने धारणा अध्यक्षले राख्नुभयो । वैचारिक र सैद्धान्तिक पक्षको मात्र कुरा गरेर भएन अहिलेको जीवानशैली, युवा पुस्ता र प्रविधिलाई सम्बोधन गर्नुपर्नेमा उनले प्राथमिकता दिएका छन् ।
अहिले सूचना र प्रविधिका हिसाबले आम रुपमा जुन खालको पहुँच पुग्यो, त्यसले परिस्थिति नयाँ भएको छ । हिजो नेताहरुले बुझ्थे र कार्यकर्तालाई सुनाउँथे । सूचना प्रविधिको विकाससँगै अहिलेको पुस्तासँग नेताहरुले सिक्नुपर्ने स्थिति छ । त्यसकारण गम्भीर र महत्वपूर्ण छलफल भयो’, पोखरेलले भने ।
बैठकमा चिनिया कम्युनिस्ट पार्टीले राखेको विचार, आर्दश, चासोलाई नेपालको विशेषताका आधारमा कार्यान्वयन गर्दै जाने विषयमा छलफल भएको छ ।
‘अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन, राष्ट्रिय परिस्थिति, आठौँ महाधिवेशनको संश्लेषणलाई अझ विस्तारित गर्ने, पछिल्लो केन्द्रीय समिति बैठकले सामुदायिक समाजवादको जुन अवधारणा लिएर आएको छ, त्यसलाई अगाडि बढाउने गरी अगाडि बढ्दैछौँ’, उनले भने, ‘पछिल्लो समय हामीले वर्ग, समुदाय छोड्यौँ तर अहिले धमाधम वर्ग समुदायको बिचमा पुगेका छौँ । हिजो विभाग विभिन्न व्यक्तिलाई ठाउँ दिन राखिएको थियो । तर अहिले विज्ञता र प्रविधि मैत्रीको आधारमा सबैलाई मिलाएर लैजानुपर्छ भन्ने भयो ।’
विभागको छुट्टै अफिस खोल्ने, उत्पादनको क्षेत्रमा काम गर्दै जाने, रोस्टर बनाउने लगायत अहिलेको स्थितिमा जति गर्न सकिन्छ, त्यसलाई सकारात्मक ढंगले लिने विषयमा छलफल भएको उनले जानकारी दिए ।
सबैभन्दा महत्वपूर्ण कुरा श्रमसँग जोडेर स्कुलिङमा जोड दिने विषय अध्यक्ष प्रचण्डले गम्भीर रुपमा विचार राखेको पोखरेलको भनाइ छ ।
समाजवाद स्थापनाको विषयमा वैचारिक र सैद्धान्तिक आदानप्रदान गर्ने । चिनिया विशेषताको समाजवाद भनिएको छ । हामीले नेपालको विशेषतामा आधारित भएर का मगर्ने भन्ने छ । दुई कम्युनिस्ट पार्टीबिच भाइचारा सम्बन्ध कायम राख्ने । अन्तर्राष्ट्रिय विभागले संस्थागत रुपमा अभिलेख राख्ने भन्ने भएको छ ।
चीनको १० दिने भ्रमणका क्रममा पार्टी प्रतिनिधिमण्डलको कमजोरी, प्रशिक्षणका क्रममा सिकिएका सकारात्मक कुरा, दुई पार्टीबिच भाइचारा सम्बन्ध प्रगाढ बनाउने, आर्थिक, भौतिक पूर्वाधार, कृषि, प्रविधि लगायत विषयमा गरेको प्रगतिबारे रिपोर्टिङ भएको विभागका सदस्य रामदिप आचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
-
स्पेनका स्टार यामालको मन जित्ने इनेस गार्सिया को हुन्?
-
सुदूरपश्चिममा पाँचौँ मुख्यमन्त्री बन्दै खगराज भट्ट
-
ओली र प्रचण्डबिच पाँच प्रदेशमा भागबण्डा
-
निजी क्षेत्रसँग संवाद : प्रधानमन्त्रीले के मागे ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण