रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश मुसलमानको इजलासमा
काठमाडौँ । गैरकानुनी थुनामा राखिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका तर्फबाट दायर बन्दी प्रत्यक्षीकरणको रिटको पेसी न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा परेको छ ।
आइतबार रविपत्नी निकिता पौडेलले सर्वोच्चमा रविको तर्फबाट बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् । हिजो उक्त रिट न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा परेकोमा फुयाँलले उक्त मुद्दा नहेरेपछि रिट हेर्न नमिल्नेमा गएको थियो ।
सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा रिहा गरेको उच्च अदालत तुलसीपुर बुटवलले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।
उच्चको आदेशपछि चैत २२ गते उनलाई सोही रात पक्राउ गरी एक रात प्रहरी परिसर काठमाडौँमा राखेर रुपन्देही पठाइएको थियो । दुई दिन रुपन्देहीमा हिरासतमा राखेपछि चैत २५ गते मात्रै अदालतमा पेस गरेर लामिछानेलाई कारागार चलान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साेमबार नेकपाको भर्चुअल बैठक बस्ने
-
कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण, १२५ जना पक्राउ
-
भ्रष्टाचार विरुद्धको अभियानमा इराकमा ४७ अधिकारी पक्राउ
-
स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपति पदको अन्तर्वार्ता र प्रस्तुतीकरण मिति तय
-
११ स्वर्ण जित्दै आर्मी बन्यो राष्ट्रिय बक्सिङको च्याम्पियन
-
पुष्पलाल जन्मजयन्तीमा समाजवादबारे बहस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण