आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

पोप फ्रान्सिसको अन्त्येष्टि शनिबार हुने

मङ्गलबार, ०९ वैशाख २०८२, १४ : ५७
मङ्गलबार, ०९ वैशाख २०८२

काठमाडौँ । पोप फ्रान्सिसको अन्त्येष्टि शनिबार हुने भएको छ । अप्रिल २६ मा स्थानीय समय अनुसार बिहान १० बजे उनको अन्त्येष्टि हुने छ । भ्याटिकनले अन्त्येष्टिको तयारी पनि सुरु गरिसकेको छ । 

यति बेला सान्टा मार्टास्थित पोपको आवासमा रहेको चापेलमा उनको शवलाई कफिनमा सुताइएको तस्बिर बाहिरिएको छ ।

बुधवार पोपको पार्थिव शरीरलाई सेन्ट पिटरर्स बसिलिका लगिनेछ । अन्त्येष्टि अघिसम्म सर्वसाधारणको लागि भनेर उनको शवलाई कफिनमै राखिनेछ ।

उनको अन्त्येष्टिका संस्कार खुला स्थानमा  गरिने बताइएको छ । पोपको अन्त्येष्टिमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि आउने भन्दै बीबीसीले समाचार छापेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप