शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा ६ राष्ट्रका खेलाडी

मङ्गलबार, ०९ वैशाख २०८२, १५ : २६
मङ्गलबार, ०९ वैशाख २०८२

काठमाडौँ । अखिल नेपाल टेबलटेनिस सङ्घले वैशाख ११ देखि १४ गतेसम्म काठमाडौँमा ‘दक्षिण एसियाली क्षेत्रीय युथ टेबलटेनिस च्याम्पियनसिप’ आयोजना गर्ने भएको छ ।

प्रतियोगिता एसियन टेबलटेनिस युनियनको वार्षिक कार्यक्रम अनुसार आयोजना गर्न लागिएको सङ्घले जनाएको छ ।

प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षक केन्द्रमा सञ्चालन हुनेछ । प्रतियोगितामा आयोजक नेपालसँगै भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र माल्दिभ्सका खेलाडीको सहभागिता रहने सङ्घले जनाएको छ ।  

प्रतियोगितामा यू–१९ र यू–१५ उमेर समूहका ब्यवाइज र गल्र्स खेलाडी सहभागी हुने जानकारी सङ्घले मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा दिइएको छ । 

प्रतियोगितामा टिम स्पर्धा, एकल स्पर्धा, डबल्स स्पर्धा र मिक्स डबल्स स्पर्धा समावेश गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप