बुधबार राति टर्की* जाँदै प्रधानन्यायाधीश, ५२ संवैधानिक नियुक्तिको फैसला आउला ?
काठमाडौँ । संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति प्रक्रियाविरुद्ध दायर रिटमाथि सरकारी वकिलहरूको तर्फबाट बहस सकिएको छ ।
मङ्गलवार सरकारका तर्फबाट नायव महान्यायाधिवक्ताहरू टेकबहादुर घिमिरे र लोकराज पराजुलीसहित चार जना सरकारी वकिलले बहस गरेका छन् ।
सोमबार महान्यायाधिवक्ता रमेश बडालसहित नायव महान्यायधिवक्ताहरु गोपालप्रसाद रिमाल र सञ्जीव रेग्मी तथा सहन्यायाधिवक्ता सूर्यराज दाहालले सरकारको तर्फबाट बहस गरेका थिए भने आइतबार दिनभर महान्यायाधिवक्ता बडालले सरकारको बचाउ गर्दै वकालत गरेका थिए ।
२०७७ माघ र २०७८ असारमा विभिन्न आयोगमा गरिएको नियुक्तिविरुद्ध परेका १५ रिटमाथि २०८१ माघदेखि सुनुवाइ सुरु भएको थियो । यसअघि बुधबार मात्रै संवैधानिक इजलासमा ती रिटमाथि चार पटक सुनुवाइ हुने गरेको थियो ।
तर,प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतकै अग्रसरतामा गत आइतबारदेखि नियमित पेसी तोकेर सुनुवाइ सुरु भएको थियो ।
प्रधानन्यायाधीश राउत विदेश भ्रमणमा जान लागेकाले त्यसअघि नै उक्त मुद्दा किनारा लगाउने मनस्थितिमा थिए । अदालत प्रशासनका अनुसार प्रधानन्यायाधीश राउत बुधबार राति ११ बजे टर्की उड्दै छन् ।
यससँगै विदेश भ्रमणअघि मुद्दाको सुनुवाइ नसकिने लगभग पक्का भएको छ । हालसम्म सरकारी वकिलको बहस सकिएकोमा अब ५२ संवैधानिक निकायका तर्फबाट कानुन व्यवसायीले बहस गर्नेछन् ।
संवैधानिक निकायका कानुन व्यवसायीको बहसपश्चात् रिट निवेदकका तर्फबाट जवाफी बहस सुरु हुनेछ । सबै संवैधानिक निकायबाट कम्तीमा एक कानुन व्यवसायी र त्यसपछि रिट निवेदकको बहस हुनेछ ।
*सच्याइएको
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन
-
विषवृक्ष रोपे फाल्ने रवि–बालेनको चेतावनी, तर पार्टीमा छताछुल्ल गुटबन्दी
-
स्पेनमा तातो लहरपछि भीषण डढेलो, हजारौँ हेक्टर वन क्षेत्र नष्ट
-
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले लिए शपथ, लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण