कक्षा १२ को परीक्षामा सहभागी नहुन शिक्षक महासङ्घको अनुरोध
मङ्गलबार, ०९ वैशाख २०८२, १६ : १२
काठमाडौँ । नेपाल शिक्षक महासङ्घले कुनै पनि हालतमा कक्षा १२ को परीक्षामा सहभागी नहुन अनुरोध गरेको छ ।
महासङ्घले मङ्गलवार एक विज्ञप्ति जारी गर्दै कुनै पनि हालतमा परीक्षामा सहभागी नहुन प्रधानाध्यापक, शिक्षक तथा विद्यालय कर्मचारीलाई अनुरोध गरेको हो ।
वैशाख ११ गतेबाट कक्षा १२ को परीक्षा हुदैछ । परीक्षा हुने केन्द्र परेको विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूलाई राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी तथा जिल्ला प्रशासन कार्यालयका पदाधिकारीबाट धम्कीसहित परीक्षाको प्रकियामा सामेल हुन दबाब आएको महसंघको भनाइ छ ।
विगत २१ दिन देखि काठमाडौँमा शैक्षिक सडक आन्दोलन भइरहेको बेला उक्त परीक्षामा सामेल नहुन भनेको हो । केन्द्राध्यक्षलाई समेत काठमाडौँमा सञ्चालित शैक्षिक सडक आन्दोलनमा सहभागी हुन अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
असार १ गतेदेखि चिया उद्योग बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण