आमाद्वारा ४ महिनाको बच्चालाई ढुङ्गा प्रहार गरी हत्या

तनहुँ । तनहुँमा एक आमाले आफ्नै ४ महिनाको बच्चालाई ढुंगा प्रहार गरी हत्या गरेकी छन् । प्रहरीले हत्या आरोपमा नवलपरासी बैदिकाली गाँउपालिका-२ अर्मले घर भएकी ३६ वर्षीया कमला परियारलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव निरीक्षक अशोक थापाका अनुसार कमला सोमबार तनहुँको घिरिङ गाउँपालिका-४ थामडाँडास्थित माइतीघर आइरहेकी थिइन् । साँझ करिब ७ बजेको समयमा भीमादबाट नवलपरासी सुस्ता पूर्व डेढगाउँ जाने सडक खण्डमा उनले आफ्नै ४ महिनाको छोरा अर्जुन परियारलाई ढुङ्गाले हानी गम्भीर घाइते बनाएकी थिइन् ।
स्थानीयले घाइते बच्चालाई उपचारको लागि रामपुर अस्पताल पाल्पामा लगेकोमा उपचारको क्रममा सोमबार राति साढे ९ बजेको समयमा मृत्यु भएको प्रहरी नायव निरीक्षक थापाले बताए । कमलालाई इलाका प्रहरी कार्यालय डेढगाँउ नवलपरासीले नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय तनहुँ उपस्थित गराएको थियो ।
प्रारम्भिक अनुसन्धानपछि कमलालाई कर्तव्य ज्यान मुद्दा शीर्षकमा तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनी जोखिमको विश्लेषण गरी सुरक्षित यातायात सञ्चालनको व्यवस्था मिलाउन निर्देशन
-
जन्मदिनमा गायिका एलिना चौहान : बाँदरलाई केरादेखि मेहनतीलाई हजारका नोटसम्म
-
नेपालको खराब सुरुवात
-
टि ट्वान्टी आई सिरिज : स्कटल्याण्डले नेपाललाई दियो १९४ रनको लक्ष्य
-
चोर खोज्दै आएको भारतीय प्रहरीको टोली नागार्जुनबाट पक्राउ
-
रकम लिएर नाबालिका छोरीको भारतीयसँग विवाह गराउने आमा पक्राउ