आमाद्वारा ४ महिनाको बच्चालाई ढुङ्गा प्रहार गरी हत्या
तनहुँ । तनहुँमा एक आमाले आफ्नै ४ महिनाको बच्चालाई ढुंगा प्रहार गरी हत्या गरेकी छन् । प्रहरीले हत्या आरोपमा नवलपरासी बैदिकाली गाँउपालिका-२ अर्मले घर भएकी ३६ वर्षीया कमला परियारलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव निरीक्षक अशोक थापाका अनुसार कमला सोमबार तनहुँको घिरिङ गाउँपालिका-४ थामडाँडास्थित माइतीघर आइरहेकी थिइन् । साँझ करिब ७ बजेको समयमा भीमादबाट नवलपरासी सुस्ता पूर्व डेढगाउँ जाने सडक खण्डमा उनले आफ्नै ४ महिनाको छोरा अर्जुन परियारलाई ढुङ्गाले हानी गम्भीर घाइते बनाएकी थिइन् ।
स्थानीयले घाइते बच्चालाई उपचारको लागि रामपुर अस्पताल पाल्पामा लगेकोमा उपचारको क्रममा सोमबार राति साढे ९ बजेको समयमा मृत्यु भएको प्रहरी नायव निरीक्षक थापाले बताए । कमलालाई इलाका प्रहरी कार्यालय डेढगाँउ नवलपरासीले नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय तनहुँ उपस्थित गराएको थियो ।
प्रारम्भिक अनुसन्धानपछि कमलालाई कर्तव्य ज्यान मुद्दा शीर्षकमा तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हात्तीको आक्रमणमा आमा छोराको मृत्यु
-
बाहिरको सहमतिले संसद्कै गरिमामाथि प्रश्न, सत्ता र विपक्ष दुवैले गरे तीव्र आलोचना
-
निःशुल्क स्वास्थ्य शिविरले महिलाको स्वास्थ्यमा सुधार
-
मानव गरिमाको संकट र हाम्रो सामाजिक चेतना
-
नेपाल–बेलायत आर्थिक साझेदारीमा नयाँ अध्याय, व्यापार र लगानी विस्तार गर्न दुई महत्त्वपूर्ण एमओयूमा हस्ताक्षर
-
सुदूरपश्चिमको बजेटः निरन्तरताभित्र नवीनता खोज्ने प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण