ढुंगाले हानेर चारमहिने छोराको हत्या
पोखरा । तनहुँमा एक आमाले आफ्नै ४ महिने छोरालाई ढुंगाले हानेर हत्या गरेकी छिन् । नवजात शिशुको हत्या आरोपमा नवलपुर बौदिकाली गाउँपालिका–२ अर्मलेकी ३६ वर्षीया कमला परियारलाई पक्राउ गरिएको हो ।
तनहुँ घिरिङ गाउपालिका वडा नं ४ थामडाँडामा सोमबार उनले आफ्नै छोरा अर्जुन परियारलाई ढुंगाले हानी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । ढुंगा प्रहारबाट गम्भीर घाइते भएका अर्जुनको पाल्पाको रामपुर अस्पताल पुर्याइएकोमा अस्पतालले मृत घोषणा गरेको तनहुँ प्रहरीका सूचना अधिकारी डीएसपी अशोक थापाले जानकारी दिए ।
कमलालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ । प्रहरी स्रोतका अनुसार कमलाले छोरालाई ढुंगा प्रहार गरेको स्वीकार गरेकी छन् । सोमबार बिहान घरबाट निस्किएकी कमलाले छोरालाई ढुंगा प्रहार गरी घाइते बनाएर पुनः घर फर्किएकी थिइन् ।
‘बाटोमा मादक पदार्थ सेवन गरेको पनि भन्नुभएको छ । मेन्टल्ली पनि पूर्ण फिट हुनुहुन्न जस्तो देखिनुहुन्छ,’ प्रहरी स्रोतले भन्यो, ‘ढुंगाले हानेको स्वीकार गर्नुभएको छ । छोरालाई अकस्मात् ढुंगाले कसरी हाने थाहै भएन भनेर भन्नुभएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हात्तीको आक्रमणमा आमा छोराको मृत्यु
-
बाहिरको सहमतिले संसद्कै गरिमामाथि प्रश्न, सत्ता र विपक्ष दुवैले गरे तीव्र आलोचना
-
निःशुल्क स्वास्थ्य शिविरले महिलाको स्वास्थ्यमा सुधार
-
मानव गरिमाको संकट र हाम्रो सामाजिक चेतना
-
नेपाल–बेलायत आर्थिक साझेदारीमा नयाँ अध्याय, व्यापार र लगानी विस्तार गर्न दुई महत्त्वपूर्ण एमओयूमा हस्ताक्षर
-
सुदूरपश्चिमको बजेटः निरन्तरताभित्र नवीनता खोज्ने प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण