५२ संवैधानिक नियुक्तिको सुनुवाइमा ‘ब्रेक’
काठमाडौँ । आइतबारदेखि संवैधानिक इजलासमा दिनहुँ सुनुवाइ भइरहेको ५२ संवैधानिक नियुक्तिविरुद्धको रिटमाथिको सुनुवाइमा ब्रेक लाग्ने भएको छ । बुधवार सर्वोच्च अदालतमा संवैधानिक पदाधिकारी नियुक्ति विवादको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । आज बेलुका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत टर्की प्रस्थान गर्ने कार्यक्रम रहेकाले सुनुवाइमा ब्रेक लाग्ने भएको हो ।
सर्वोच्च प्रशासनका अनुसार उनी बुधवार बेलुका ७ः४० को उडानमार्फत टर्की प्रस्थान गर्दै छन् । यद्यपि उनको विदेश भ्रमणको उद्देश्य र कार्यतालिका भने सार्वजनिक हुन बाँकी छ । प्रधानन्यायाधीशको सचिवालयले बेलुकासम्म कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ । विदेश भ्रमणअघि नै सुनुवाइ सकेर फैसला गर्नेगरी प्रधानन्यायाधीश राउतले दिनहुँ पेसी तोक्न लगाएका थिए ।
यसअघि बुधवार र शुक्रबार मात्रै संवैधानिक इजलास बस्ने गरेको र पेसी तोकेर बुधवार मात्रै नियुक्ति विरुद्धका ती रिटमाथि सुनुवाइ हुने गरेको थियो । तर, प्रधानन्यायाधीश राउतकै सक्रियतामा आइतबारदेखि नियमित पेसी तोकेर सुनुवाइ भइरहेको थियो ।
बुधवार आठौँ दिनको सुनुवाइ भएको छ । अब आगामी सुनुवाइ प्रधानन्यायाधीश विदेश भ्रमणबाट फर्किएपछि सुरु हुनेछ । प्रधानन्यायाधीश राउतसहितको संवैधानिक इजलासमा न्यायाधीशहरू सपना मल्ल प्रधान, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदी रहेका छन् ।
हालसम्म निवेदक र सरकारी वकिलको तर्फबाट बहस सकिएर मंगलबारदेखि ५२ संवैधानिक पदाधिकारीहरूका तर्फबाट कानुन व्यवसायीहरूले बहस सुरु गरेका छन् । ५२ पदाधिकारीका कानुन व्यवसायीहरूको बहस सकिएपछि निवेदकहरूका तर्फबाट जवाफी बहस सुरु हुनेछ ।
२०७७ माघ र २०७८ असारमा विभिन्न आयोगमा गरिएको नियुक्तिविरुद्ध परेका १५ रिटमाथि २०८१ माघ ३० गतेदेखि सुनुवाइ सुरु भएको थियो । माघ ३० यता संवैधानिक इजलासमा हेर्दाहेर्दैमा राखेर सुनुवाइ अघि बढेकोमा अघिल्लो बुधबारसम्म चारपटक सुनुवाइ भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन
-
विषवृक्ष रोपे फाल्ने रवि–बालेनको चेतावनी, तर पार्टीमा छताछुल्ल गुटबन्दी
-
स्पेनमा तातो लहरपछि भीषण डढेलो, हजारौँ हेक्टर वन क्षेत्र नष्ट
-
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले लिए शपथ, लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण