२०६३ वैशाख ११ गते सम्बोधनमा के भनेका थिए ज्ञानेन्द्र शाहले ?
काठमाडौँ । २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले दोस्रो जनआन्दोलनका सामु घुँडा टेकेको दिनकै सम्झनामा आज नेपालमा लोकतन्त्र दिवस मनाइँदैछ ।
संसदवादी सात राजनीतिक दल र तत्कालीन विद्रोही पक्ष माओवादीबिचको सहकार्यमा जनआन्दोलन उत्कर्षमा पुगेको थियो । परिणामस्वरुप तत्कालीन राजा ज्ञानेन्द्रले देशबासीका नाममा सम्बोधन गर्दै प्रतिनिधि सभा पुनर्स्थापनाको घोषणा गरेका थिए ।
यस्तो थियो तत्कालीन राजा ज्ञानेन्द्रले गरेको सम्बोधन–
प्यारा देशवासीहरू !
नेपाल अधिराज्यको राज्यशक्तिको स्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौमसत्ता एवं राजकीयसत्ता नेपाली जनतामा नै निहित रहेको तथ्यलाई हृदयङ्गम गर्दै वर्तमान जनआन्दोलनमार्फत अभिव्यक्त भएको जनभावना एवं आन्दोलनरत सात राजनीतिक दलको गठबन्धनको मार्गचित्रका आधारमा मुलुकमा जारी हिंसात्मक द्वन्द्वलगायत समग्र समस्याहरूको समाधान गर्न तत्कालीन प्रधानमन्त्रीको सिफारिसमा नेपाल अधिराज्यको संविधान–२०४७ बमोजिम ०५९ जेठ ८ गते विघटन भएको प्रतिनिधि सभालाई यसै घोषणामार्फत पुनर्स्थापित गरिबक्सेका छौँ ।
बहुदलीय प्रजातन्त्रको रक्षा, स्थायी शान्ति, राष्ट्रिय एकता एवं समृद्धिको बाटोतर्फ मुलुकलाई अघि बढाउने जिम्मेवारी बहन गर्न हामी आन्दोलनरत सात राजनीतिक दलहरूलाई आह्वान गर्दछौँ । पुनर्स्थापित प्रतिनिधि सभाको बैठक ०६३ वैशाख १५ गते शुक्रबार दिनको १ बजे संसद् भवन, सिंहदरबारमा बस्ने गरी आह्वान गरिबक्सेका छौँ ।
नेपाल र नेपालीको बृहत्तर हित यो संसद्बाट हुनेछ भन्ने हामीलाई विश्वास छ । जनआन्दोलनमा जीवन गुमाएका प्रति समवेदना र घाइते एवं आहत भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मुलुक दिगो शान्ति, प्रगति, पूर्ण प्रजातन्त्र र राष्ट्रिय एकतातर्फ अभिमुख हुने विश्वास प्रकट गर्दछौँ ।
श्री पशुपतिनाथले कल्याण गरुन् ।
जय नेपाल !


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण