शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

हरिरामले ल्याए ‘यतिबेला दरौँदी खोला’ गीत

शुक्रबार, १२ वैशाख २०८२, ११ : ०५
शुक्रबार, १२ वैशाख २०८२

काठमाडौंँ । लोकदोहोरी गायक हरिराम परियारले नयाँ गीत ‘यतिबेला दरौँदी खोला’ ल्याएका छन् । काठमाडौँमा एक कार्यक्रमकाबिच उनले नयाँ गीत ल्याएका हुन् ।

गीतमा हरिरामलाई रेजिना परियारले स्वरमा साथ दिएकी छन् । रविन लामिछानेको शब्द रहेको गीतमा गायक परियारकै संगीत छ । गीतको म्यूजिक भिडियोमा कलाकार सुमन परियार, सञ्जिता बोलखे लगायतको अभिनय छ ।

दीप गुरुङको निर्देशन रहेको भिडियोमा प्रेमिल जोडीका प्रेमकथा प्रस्तुत गरिएको छ । गोरखा भ्रमण वर्षलाई समेत लक्षित गरी जिल्लाका ऐतिहासिक र पर्यटकीय स्थलहरुलाई समेत गीतमा समेटिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप