शिक्षक आन्दोलन
शिक्षकहरूलाई लचिलो बन्न शिक्षामन्त्रीको आग्रह
शुक्रबार, १२ वैशाख २०८२, १४ : ४७
काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षकहरूलाई मागमा लचिलो भएर वार्तामा बस्न र समस्या समाधानको उपाय खोज्न आग्रह गरेका छन् । शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पन्तले भने, ‘सरकार शिक्षकहरूसँग वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न प्रतिबद्ध छ’, उनले भने, ‘शिक्षक साथीहरूलाई लचिलो भएर वार्तामा आउन आग्रह गर्दछु ।’
उनले संविधान, कानुन र बजेटको सीमाभित्र रहेर समस्याको समाधान खोजिने बताए । ‘संविधान, ऐन कानुनको सीमाभित्र र देशको बजेटले धान्ने सीमाभित्र हामी समाधान खोज्न तयार छौँ । सरकारका तर्फबाट मैले वार्ताको आह्वान गरिसकेको छु’,मन्त्री पन्तको भनाइ छ । मन्त्री पन्तले शुक्रबार नै विज्ञप्ति जारी गरेर शिक्षकहरूलाई वार्तामा बोलाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण