बाँकेमा करिब सात सय भूमिहीनलाई लालपुर्जा वितरण गरिँदै
नेपालगञ्ज । भूमि समस्या समाधान आयोगले बाँकेमा पहिलो चरणमा करिब सात सय जग्गाधनी पुर्जा वितरण गर्न लागेको छ । भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनालले त्यसका लागि हालसम्म करिब पाँच सय ६३ लालपुर्जाको प्रमाणीकरण भएको जानकारी दिए । तीमध्ये एक सय १२ जनाको सनाखत प्रक्रिया पूरा भएको र अन्यको लालपुर्जाको आवश्यक प्रक्रिया चलिरहेको उनले बताए ।
जिल्लाको कोहलपुर नगरपालिका–१ स्थित कौशिल्यानगरबाट यही २० गते लालपुर्जा वितरण प्रारम्भ हुने आयोगले जनाएको छ । भूमिहीन दलित र सुकम्वासीलाई जग्गाधनी लालपुर्जा वितरण गर्न लागिएको तर धेरैजसो मान्छे घरमा नभएकाले केही कठिनाइ भइरहेको अध्यक्ष खनालको भनाइ छ ।
‘लगत्तै अव्यस्थित बसोबासी भएकालाई पनि जग्गाको लालपुर्जा वितरण हुनेछ । २० गतेबाट वितरण हुने लालपुर्जाको प्रमाणीकरणको काम शनिबारसम्म सक्नुपर्ने बाध्यता रहेको छ । बाँकेका आठ स्थानीय तहमध्ये डुडुवा गाउँपालिकाबाहेक सबै स्थानीय तहमा लालपुर्जा वितरणका लागि काम भइरहेको छ । कोहलपुर नगरपालिका, नेपालगञ्ज उपमहानगरपालिकाका केही वडामा लगत सङ्कलन, जानकी र नरैनापुरमा जग्गाको नापी कार्य जारी छ । जिल्लाका डुडुवाबाहेक सबै स्थानीय तहका सबै वाडामा नापी हुँदैछ’, उनले भने ।
विगतका आयोगबाट भएका अधुरा र अपूरा कार्यको अभिलेख सम्बन्धमा नापी कार्यालय कोहलपुर, बाँके, मालपोत कार्यालय कोहलपुर र नेपालगञ्जलाई पत्रचार गरेर क्रमशः सबैतिर जग्गाधनी लालपुर्जा वितरणको तयारी भइरहेको आयोगले जनाएको छ । केही दिनअघि नेपालगञ्जमा बसेको सर्वदलीय बैठकले यही वैशाख २० गते भूमिहीन दलित र भूमिहीन सुकुम्वासी लालपुर्जा वितरण गर्ने निर्णय गरेको थियो ।
हालम्म बाँकेमा ५४ हजार हाराहारीमा जग्गाको लालपुर्जाका लागि आवेदन परेका छन् । आगामी असारभित्र छ हजार लालपुर्जा वितरण गर्ने आयोगको लक्ष्य छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानको जेलबाट रिहा भएका अफगान कैदीहरू स्वदेश फिर्ता
-
धुम्बाराहीमा राप्रपा केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक
-
प्रतिनिधिका अन्तिम नामावली तयारी हुँदै
-
लुम्बिनी सरकारले ११ महिनासम्म वार्षिक बजेटको आधा पनि खर्च गर्न सकेन
-
सरकारी जग्गा भोगाधिकारबारे विभागको पत्राचार
-
अख्तियारद्वारा आरजु राणालाई बयानका लागि म्याद तामेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण