बाजुराको लाम्पाटामा हेलिकाेप्टरबाट पठाइयो सशस्त्रको बन्दोबस्ती सामान
सारांश
- बाजुराको हिमाली गाउँपालिका वडा नम्बर–३ स्थित लाम्पाटामा सशस्त्र प्रहरीको बन्दोबस्तीको सामान हेलिकप्टरमार्फत पठाइएको छ।
- सुर्खेतबाट श्री एयरलाइन्सको हेलिकप्टर प्रयोग गरी यो सामान लाम्पाटा पुर्याइएको हो।
- बाजुरा र हुम्लाको सीमा विवाद समाधान नभएसम्म उक्त क्षेत्रमा केन्द्रीय संयुक्त सुरक्षा बेस स्थापना गरिएको छ।
काठमाडौँ । बाजुराको हिमाली गाउँपालिका वडा नम्बर–३ स्थित लाम्पाटामा सशस्त्रको बन्दोबस्तीको सामान हेलिकाेप्टरबाट पठाइएको छ ।
सुर्खेतबाट श्री एयरलाइन्सको हेलिकाेप्टरबाट बन्दोबस्तीको सामान लाम्पाटा लगिएको सशस्त्र प्रहरीका सह प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिए। बाजुरा र हुम्लाको सीमा विवाद नटुङ्गिएसम्म सो क्षेत्रमा केन्द्रीय संयुक्त सुरक्षा बेस राख्ने निर्णय सँगै लाम्पाटामा बेस स्थापना गरिएको छ। केन्द्रीय सुरक्षा समितिको निर्णय अनुसार सशस्त्रका इन्स्पेक्टर नेतृत्वको टिम त्यहाँ परिचालन गरिएको छ। नेपाल प्रहरीको टिम पनि लाम्पाटामा परिचालन गरिएको छ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालयले पठाएको बन्दोबस्तीको सामान बुधबार पुगेको हो। बुधबार सशस्त्रको नम्बर–७ बैद्यनाथ बाहिनीका बाहिनीपति डीआईजी दिगबिजय सुवेदी पनि लाम्पाटा पुगेका छन्।
सुवेदीले त्यहाँ कार्यरत सुरक्षाकर्मीहरूको काम कारबाहीको जानकारी लिएर आवश्यक निर्देशन दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण