बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

पाकिस्तानको जेलबाट रिहा भएका अफगान कैदीहरू स्वदेश फिर्ता

बिहीबार, ०४ असार २०८३, १४ : ०८
बिहीबार, ०४ असार २०८३

पाकिस्तान ।  पाकिस्तानमा कैद जीवन बिताइरहेका ४८५ जना अफगान नागरिकहरू रिहा भएर आफ्नो मातृ भूमि फर्केको अफगानिस्तानका मिडियाले बिहीबार रिपोर्ट गरेका छन् ।

परिवार र व्यक्तिहरूसहित पूर्व बन्दीहरूलाई अवैध प्रवास र आवासीय अनुमतिको अभाव लगाएतका आरेपमा जेल हालिएको जनाइएको छ । आफ्नो देश फर्केने क्रममा सीमा क्षेत्रमै आवश्यक सहयोग प्राप्त गरे पछि उनीहरूलाई आ–आफ्नो प्रान्तमा सारिएको मिडियाले जनाएका छन् ।

यसअघि पाकिस्तानले जेलबाट रिहा गरेका ७६३ जना अफगान कैदी सप्ताहन्तको अवधिमा अफगानिस्तान फर्केको जनाइएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप