दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशको बहुप्रतीक्षित दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माणको भौतिक प्रगति १२ प्रतिशत पुगेको छ ।
एक वर्षअघि सुरु भएको सुक्खा बन्दरगाह निर्माणको हालसम्म १२.८५ प्रतिशत भौतिक प्रगति भएको नेपाल इन्टरमोडल यातायात विकास समितिका इन्जिनियर अनिल केसीले जानकारी दिए ।
उनका अनुसार बन्दरगाहमा भन्सार, सशस्त्र प्रहरी र कर्मचारीका आवास निर्माणलगायत संरचना निर्माणको काम भइरहेको छ । अहिले बन्दरगाहमा ट्रमिनल, भन्सार भवन र अन्य आवासीय संरचना निर्माण भइरहेका छन् ।
तोकिएका अवधि ३० महिनामै सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढिरहेको उक्त परियोजना निर्माण लागत भारतीय रुपैयाँमा दुई अर्ब ३७ करोड रहेको छ ।
दोधारा–चाँदनी नगरपालिका–१ स्थित गौरीशङ्कर सामुदायिक वनमा बन्दरगाह निर्माणका लागि नेपाल सरकार र भारत सरकारबीच सन् २०२३ जुन १ मा समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
बन्दरगाह निर्माणका लागि प्रयोग हुने ४२.३६ हेक्टर क्षेत्रफलमा दुई वटा गोदाम, भन्सार जाँच, क्वारेन्टाइन, अध्यागमन र सुरक्षा भवनलगायत पूर्वाधार निमार्ण हुनेछ । नेपालतर्फ सुक्खा बन्दरगाहसम्म छ लेनको पहुँचमार्ग र महाकाली नदीमा चार लेनको पक्की पुल सञ्चालनमा आइसकेको छ भने भारतले पहुँचमार्ग निर्माण गरिरहेको छ । सुक्खा बन्दरगाह सञ्चालनमा आए सुदूरपश्चिममा थप विकासको सम्भावनाको ढोका खुल्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण