बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु

बिहीबार, ०४ असार २०८३, १२ : ३९
बिहीबार, ०४ असार २०८३

सुर्खेत । सुर्खेतमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुना बस्ने २० वर्षीया मनोज ठाडामगर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक कवीन्द्रसिंह बोहोराका अनुसार गएराति ९ बजेतिर झुप्रा खोलामा पौडी खेल्ने क्रममा मनोज डुबेका थिए ।

अचेत अवस्थामा उपचारका लागि राति १२ बजेपछि प्रदेश अस्पताल, कालागाउँ सुर्खेत पुर्‍याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप